नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर ठुलोखोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जी लिमिटेडले प्रवद्र्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको (प्रस्तावित ६.५१ मेगावाट) उक्त जलविद्युत आयोजनाका लागि नेपाल बैंकले आवश्यक कर्जा तथा वित्तीय सुविधा उपलब्ध गराउने भएको हो।
परियोजनाको कुल लागतमा कर्जा र स्वपूँजीको अनुपात ७०:३० कायम रहने गरी वित्तीय व्यवस्थापन गर्ने सम्झौता भएको छ ।सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलक राज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेको बैंकको प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलले जानकारी दिइन् । सम्झौता कार्यक्रममा चितवन इनर्जीका सञ्चालक निउरेले नेपाल बैंकसँगको सहकार्यप्रति आभार व्यक्त गर्दै आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
लोवर ठुलोखोला जलविद्युत आयोजना सञ्चालनमा आएपछि नेपालको ऊर्जा उत्पादन क्षमता विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

