लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
इस्लामावाद । पाकिस्तानमा बेलाबेलामा अनौठा घटनाको खबर आउने गर्छ । यसैबीच, अहिले पाकिस्तान एयरलाइन्सको लापरवाहीले लाहोरदेखि साउदीसम्मको एउटा उडान हेडलाइन बनेको छ । लाहोरबाट कराँचीको उडान लिएका एक व्यक्तिलाई पाकिस्तान एयरलाइन्सको विमानले साउदी अरेबियाको जेद्दाह लगेको छ ।
एआरवाई रिपोर्टका अनुसार यस यात्रुको नाम शाहजैन हो, जसले लाहोर एयरपोर्टबाट कराँचीको टिकट लिएका थिए तर उनलाई गलत विमानमा राखियो र शाहजैन भिसा र पासपोर्ट बिना सिधै विदेश पुगे।
यो कुरा शाहजैनलाई उडानको बीचमा थाहा भयो । जब धेरै घण्टा बितिसक्दा पनि कराँची आइपुगेन, उनले क्याबिन क्रु सदस्यलाई प्रश्न सोधे, जसपछि पूरै उडानमा हंगामा मच्चियो।
शाहजैनले स्थानीय मिडियालाई भने, ‘लाहोर एयरपोर्टको आन्तरिक टर्मिनलको ढोकामा दुईवटा विमान पार्किङ गरिएको थियो। मैले एयरलाइन्स स्टाफलाई मेरो टिकट पनि देखाएँ। म गलत उडानमा चढेको छु भन्ने मलाई पटक्कै थाहा थिएन। उडानमा प्रवेश गरे पछि मात्रै मैले एयर होस्टेसलाई मेरो टिकट पनि देखाएँ।’
शाहजैनका अनुसार उडानको २ घण्टा बितिसक्दा पनि विमान कराँचीमा नपुगेपछि उनले केबिन क्रुलाई सोधे कि विमान कराचीमा किन अवतरण भएको छैन ? यसपछि विमानमा त्रास फैलियो । चालक दलका सदस्यहरूले यो गल्तीको लागि शाहजैनलाई दोष दिन थाले।
तर, शाहजैनले आफूसँग साउदी अरबको पासपोर्ट र भिसा नभएको बताएका छन् । जेद्दा पुगेपछि जब शाहजैनले कराँची फिर्ता लैजान अनुरोध गरे, उनलाई कराँची पुग्न २–३ दिन लाग्ने भनिएको थियो। शाहजैनले पाकिस्तान एयरलाइन्सविरुद्ध कानुनी कारबाही गर्ने बताएका छन् ।
पाकिस्तान एयरपोर्ट्स अथोरिटी (पीएए) ले लाहोर एयरपोर्टका अधिकारीहरूसँग यस विषयमा सोधपुछ गरेको थियो। पिपीएले यसलाई एयरलाइनको लापरवाहीको रूपमा वर्णन गरेको छ। लाहोर एयरपोर्ट प्रशासनले पनि छानबिन गर्न आदेश दिएको छ। जिम्मेवार कर्मचारीलाई कारबाही गरिने उसले जनाएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
