होपफुल होराइजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल ललितपुरस्थित होपफुल होराइजन नेपाल प्रालिमा मानसिक स्वास्थ सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहका बीच होपफुल होराइजन नेपाल प्रालिका तर्फबाट डा।प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंकिङ प्रमुख,अन्जु बस्नेतको पनि उपस्थिति थियो।
छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल होराइजन नेपाल प्रालिमा पेश गर्नुपर्ने छ ।
होपफुल हराईजन नेपाल प्रा। लि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलिद्धारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धी सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


