• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • ८ घण्टा 

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ८ घण्टा 

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै
  • २२ घण्टा 

एलजीले नेपाली घरपरिवारलाई लक्षित गर्दै ‘इसेनसियल सिरिज’ घरेलु उपकरण गर्यो नेपालगंजमा सार्वजनिक
  • २४ घण्टा 

अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ
  • १ दिन 

साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने
  • १ दिन 

माइक्रोसफ्टद्वारा ४८ सय कर्मचारी कटौती, टेक जगतमा हलचल
  • १ दिन 

पोर्चुगललाई स्तब्ध पार्दै स्पेन क्वाटर फाइनलमा प्रवेश
  • १ दिन 

लोकप्रिय समाचार

  • १. अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

  • २. साउन २६ देखि काठमाडौंमा नाइमा मोबिलिटि एक्स्पो २०२६ सुरु हुँदै : ४० भन्दा बढी नयाँ सवारीसाधन सार्वजनिक गरिने

  • ३. एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै

  • ४. टेलिटकद्वारा पोको एम ८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

  • ५. दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

  • ६. महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीहरुलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

  • ७. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

  • ८. कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

  • ९. अर्जेन्टिना र इजिप्ट पहिलोपटक विश्वकपमा भिडदैँ

  • १०. फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

जानकारी केन्द्र २०८२, असार, ३१

बारा । वरिष्ठ गायक तथा ‘गायन सम्राट’ रामकृष्ण ढकालले सामाजिक सञ्जालमार्फत कलाकारहरूलाई लक्षित गरी भइरहेको साइबर आक्रमणप्रति कडा आपत्ति जनाएका छन्।

उनले लामो समयदेखि सहन गरेका मानसिक पीडाको विवरण सार्वजनिक गर्दै केही साइबर अपराधीका प्रमाणहरूसमेत प्रस्तुत गरेका छन्।

ढकालले मंगलबार बिहान फेसबुकमा एक लामो स्टाटस लेख्दै लेखे, “अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान।” उनले समाजमा अभिव्यक्ति स्वतन्त्रताको नाममा कलाकारहरूका व्यक्तिगत जीवनमाथि चरम आक्रमण भइरहेको र त्यो अपराधको स्तरसम्म पुगेको दाबी गरे।

कलाकारहरू राष्ट्रका गहना र सार्वजनिक सम्पत्ति हुन् । उनले लेखे, “कलाकारहरू राष्ट्रका गहना मात्र होइनन्, सार्वजनिक सम्पत्ति पनि हुन्। समाजले दिएको सम्मान र राज्यले प्रदान गरेको मान्यताको मूल्य बुझ्दै कलाकारहरू सिर्जनामा निरन्तर लागिरहेका छन्।”

ढकालले कलालाई मन नपर्न सक्ने र त्यसबारे आलोचना स्वाभाविक हुने स्वीकार गर्दै लेखे, “तर त्यो आलोचना सिर्जनासँग होस्, नकि कलाकारको व्यक्तिगत जीवनमाथि खनिएर।”

व्यक्तिगत जीवनमाथिको आक्रमण अपराध हो
ढकालका अनुसार प्रविधिको दोहन गर्दै केही व्यक्तिहरूले फेक आइडीमार्फत कलाकारहरूलाई बदनाम गर्ने, गालीगलौज गर्ने र मानसिक यातना दिने काम गरिरहेका छन्। “त्यस्ता गतिविधिले कलाकारहरूको परिवार, मानसिक स्वास्थ्य र सिर्जनामा प्रत्यक्ष असर पारेको छ,” उनले लेखे।

उनले आफूविरुद्ध बनाइएका केही फेक तथा रियल आइडीहरूको विवरण समेत सार्वजनिक गरेका छन्। तीमध्ये केही व्यक्तिहरू प्रहरीको हिरासतमा रहेको र केही अझै निगरानीमा रहेको जानकारी दिएका छन्।

साइबर ब्यूरोको सहायतामा प्रमाण बुझाएँ
ढकालले साइबर ब्यूरो र नेपाल प्रहरीप्रति आभार व्यक्त गर्दै लेखे, “यी गाली र धम्कीका प्रमाणहरू सम्बन्धित निकायलाई बुझाइसकेको छु। मर्यादा र लाजले ती शब्दहरू यहाँ उल्लेख गर्न सकिन।”

उनले कलाकारहरूमाथिको निरन्तर आक्रमणको विरुद्ध आफू पनि प्रतिरोधको अभियानमा होस्टेमा हैसे गर्दै अघि सरेको जनाए।

समीक्षा र एलिनाको साहसको प्रशंसा
गायिका समीक्षा अधिकारी र एलिना चौहानले हालै यस्तै साइबर दुर्व्यवहारको विरुद्ध आवाज उठाएको विषयलाई समर्थन गर्दै ढकालले लेखे, “तिनीहरूले देखाएको साहसलाई म सम्मान गर्न चाहन्छु। यस अभियानलाई म पनि गति दिन चाहन्छु।”

संयमित होऔं, मर्यादा नछोडौं
पोस्टको अन्त्यमा ढकालले सबैलाई संयमित हुन र सामाजिक मर्यादाको ख्याल गर्न आग्रह गरेका छन्। “हामी पनि तपाईंहरू जस्तै सामाजिक प्राणी हौं। परिस्थितिले कहिले काहीँ भुल हुन्छ, तर त्यसलाई लिएर चरित्र हत्या गर्ने अधिकार कसैलाई छैन,” उनले स्पष्ट पारे।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
महोत्तरीमा ४८६ केजी बढी गाजाँसहित दुई जना पक्राउ

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार २४ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई. एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुँदै

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.