धरहराको सञ्चालन समय थप, अब बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला
काठमाडौं । पुनर्निर्मित धरहरा अब साउन १ गतेदेखि बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुने भएको छ। शहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीका अनुसार अब सार्वजनिक विदाको दिन पनि धरहरा चढ्न पाइनेछ।
हाल धरहरा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म मात्र खुला हुँदै आएको छ भने बुधबार बन्द गरिँदै आएको छ। अब नागरिकको सुझाव अनुसार सञ्चालन समय बढाइएको हो।
२०७२ को भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणपछि असोज ३ गते परीक्षणका लागि खुला गरिएको थियो भने मंसिर ९ गतेदेखि शुल्कसहित सर्वसाधारणका लागि खोलिएको हो। धरहराको सशुल्क सञ्चालनको सात महिनामा ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ। यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहरा अवलोकन गरेका छन्।
धरहरा अब विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश–२०८१ अनुसार सञ्चालन हुँदैछ।
सम्बन्धित समाचार
नेपालबाट भिडाको अन्तर्राष्ट्रिय यात्रा सुरु, विद्युतीय स्कुटर र अफ–रोड बाइक सार्वजनिक
ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने सुविधा सार्वजनिक
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना

