श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, १९ हजार ५ सय ५० पाउने
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै १९ हजार ५५० रुपैयाँ पुर्याएको छ। सरकार, रोजगारदाता तथा ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिपछि चिया बगानबाहेकका सबै क्षेत्रका श्रमिकका लागि यो नयाँ दर लागू गरिएको हो।
नयाँ संरचना साउन १ गतेदेखि लागू भइसकेको छ। अब श्रमिकले न्यूनतम १२ हजार १७० रुपैयाँ आधारभूत तलब र ७ हजार ३८० रुपैयाँ महँगी भत्ता प्राप्त गर्नेछन्। यसअघि १७ हजार ३ सय रुपैयाँ रहेको तलब संरचना अहिले २ हजार २५० रुपैयाँले बढेको हो।
प्रतिघण्टाको हिसाबले हेर्दा अब श्रमिकले न्यूनतम १०१ रुपैयाँ पाउनेछन्, जसमा ६३ रुपैयाँ आधारभूत तलब र ३८ रुपैयाँ महँगी भत्ता हुनेछ। आंशिक वा घण्टे काम गर्ने श्रमिकहरूलाई यही दरमा पारिश्रमिक दिइनेछ।
त्यस्तै, दैनिक ज्यालामा काम गर्ने श्रमिकका लागि पनि नयाँ दर लागू गरिएको छ। उनीहरूले अब न्यूनतम ७५४ रुपैयाँ पाउनेछन्, जसमा ४७० रुपैयाँ आधारभूत तलब र २८४ रुपैयाँ महँगी भत्ता हुनेछ। चिया बगानमा कार्यरत श्रमिकहरूको तलब दर भने अझै टुंगो लागेको छैन। सरोकारवाला निकायहरूसँग छलफलपछि त्यसको टुंगो लगाइने जनाइएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
