• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ बैशाख २०८३, मङ्गलबार
२९ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
  • १० घण्टा 

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
  • १० घण्टा 

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार
  • ११ घण्टा 

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक
  • १३ घण्टा 

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १३ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • १३ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • १५ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १७ घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

  • २. २०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. डोंगफेङद्वारा युरोपेली बजार विस्तारका लागि म्युनिखमा डिजाइन केन्द्रको स्थापना

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. २०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. ट्रेकिङ अनुमति अब अनलाइनबाटै, सार्वजनिक बिदामा पनि सेवा

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. शक्तिशाली प्रदर्शन र आकर्षक डिजाइनसहित रेडमी ए–सेवेन–प्रो सार्वजनिक

  • १०. एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

खल्ती र आईएमई पे को एकीकृत सेवा सञ्चालनमा

जानकारी केन्द्र २०८२, श्रावण, ३

काठमाडौं । आईएमई पे र खल्ती मर्जपछि बनेको ‘खल्ती बाई आईएमई’ ले बिहीबारदेखि कारोबार सुरु गरेको छ । आईएमई पे र खल्ती वालेट मर्ज भएर एक भएको कम्पनीले एकीकृत कम्पनी ‘आईएमई खल्ती’ का नामबाट कारोबार सुरु गरेको बताइएको छ ।

आईएमई पे र खल्ती मर्ज भएर, साउन १ गते देखि ‘खल्ती बाई आईएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। नेपालमा पहिलो पटक भएको दुई वालेट बिचको यस एकीकरणलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको उपस्थितिमा याक एन्ड यतिमा एक भव्य समारोह गर्दै औपचारिक घोषणा गरिएको छ।

झन्डै एक दशक देखि विभिन्न डिजिटल भुक्तानी सेवाहरू प्रदान गर्दै आ-आफ्नो पहिचान बनाएका यी दुई वालेटले एक भई ‘खल्ती बाई आईएमई’ नाममा कारोबार शुभारम्भ गरेका छन्। एक मात्र ब्याज दिने वालेट रूपमा रहेको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानी जस्ता सेवाहरूका लागि प्रख्यात थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्नो नयाँ इनोभेसनका कारण युवा पुस्ता माझ लोकप्रिय थियो। अब यी दुवै वालेट मर्ज भएर एक भए पश्चात् आ-आफ्ना उत्कृष्ट फिचरहरूलाई अझै परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा पस्किने अपेक्षा गरिएको छ ।

आईएमई पे आईएमई ग्रुप अन्तरगत सञ्चालनमा रही आएको थियो भने ४ जना सह-संस्थापक मिलेर स्थापना भएको खल्ती वालेटमा पछि वल्डलिंक, त्रिवेणी ग्रुपहरू जस्ता कर्पोरेटहरू लगानीकर्ताको रूपमा भित्रिएका थिए।

नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ नाममा रजिस्टर्ड भएको छ भने एप ‘खल्ती बाई आईएमई’ नामबाट सञ्चालन हुनेछ।

साबिकका आईएमई पेका प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाई आईएमई’ मा माईग्रेट गर्ने सुविधा सार्वजनिक भइसकेको छ जसबाट आईएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्टहरू र सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्तीका प्रयोगकर्ताहरूले भने आफ्नो खल्ती एपलाई अपडेट गरी नयाँ एपको अनुभव गर्न सक्नेछन्।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, बम बहादुर मिश्रले उक्त समारोहमा डिजिटल भुक्तानीले वित्तीय पारदर्शकताको बढोत्तरी हुने भएका कारण हरेक क्षेत्रमा यसको लागु हुन जरुरी भएको कुरालाई खास जोड दिए। यसका साथै सबै नेपालीहरू माझ अझ सुरक्षित, अझ सरल र सबल भुक्तानी प्रक्रिया लागि एक प्रयोगकर्ता मैत्री प्लेटफर्मको रूपमा अगाडि बढ्न बधाई तथा शुभकामना व्यक्त गरे।

आईएमई पेका अध्यक्ष, कृष्ण प्रसाद शर्माले समारोहमा आफ्ना कुरा राख्दै भने -“आईएमई पेको यात्रा समावेशी वित्तीय सेवामा गहिरो आधार निर्माण हो। अब खल्तीसँगको एकताबाट बनेको आईएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ गति दिनेछ।”

खल्तीका अध्यक्ष, मनोज कुमार अग्रवालले आफ्नो कुरा राख्दै भने -“खल्ती र आईएमई पेको एकता नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि एक ऐतिहासिक कदम हो। अब आईएमई खल्ती लिमिटेडले सम्पूर्ण देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्नेछ।”

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अबको मिसन र भिजन बारे बताउँदै डिजिटल पहुँचलाई थप विस्तार गर्ने, डिजिटल साक्षरता अनि समावेशीकरणका लागि थप योजनाहरू बनाउने प्रतिबद्धता व्यक्त गरे।

खल्तीमा आधिकारिक प्रयोगकर्ता 70 लाख भन्दा बढी रहेका छन् भने आईएमई पे मा ५७ लाख भन्दा बढी छन् जो अब एकै एपमा समावेश भई १ करोड 27 लाख हुनेछन्। आईएमई पे Digital Services ICT Award 2024, HRM Award for Corporate Excellence in the FinTech category 2023 र Visa Leadership Conclave Nepal 2023 मा Excellence in Fintech Partnership Award ले सम्मानित भएको थियो । त्यसै गरी खल्ती पनि WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३, 2024 (NCHL बाट लगातार २ वर्ष) र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित भएको थियो।

एकीकरण पश्चात् ५४ करोड भन्दा बढी चुक्ता पुँजी भई ‘आईएमई बाइ खल्ती’ देखकै ठुलो डिजिटल वालेट बनेको छ। यस नयाँ सुरुवातले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श
नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?
जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

ताजा

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

नेपाली बजारमा एमजी एस६ ईभी सार्वजनिक, कतिपर्छ मुल्य ?

जेएसडब्लुएमजी मोटर इन्डिया र गोल्छा अर्गनाइजेशनसँग साझेदारी विस्तार

मे इन्डल्जेन्स : रमादाबाई विन्धाम इटहरीद्वारा यस सिजनका उत्कृष्ट अफरहरू सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.