अब बेलायतमा १६ बर्षिया किशोर किशोरीले पनि मतदान गर्न पाउने
लन्डन । बेलायत सरकारले १६ र १७ वर्षका युवालाई मतदानको अधिकार दिने घोषणा गरेको छ । यो निर्णयलाई बेलायतको लोकतन्त्रको इतिहासमा एउटा महत्वपूर्ण टर्निङ प्वाइन्ट मानिएको छ । यो परिवर्तनसँगै बेलायतका करिब १६ लाख किशोर किशोरीहरूलाई मतदाताको रूपमा समावेश गरिनेछ।
६ करोड ८० लाख जनसङ्ख्या भएको मुलुकमा यो अहिलेसम्मकै ठूलो मतदान विस्तार भएको बताइएको छ । यसअघि ५० वर्षअघि मतदानको उमेर २१ बाट १८ वर्षमा झारेको थियो । बेलायतमा यसअघि नै स्थानीय संसद र स्कटल्याण्ड र वेल्सको निर्वाचनमा १६ वर्षको उमेरमा मतदान गर्ने व्यवस्था थियो तर अब यो सम्पूर्ण बेलायतमा लागू हुनेछ ।
यस अवसरमा, यो जान्न रोचक हुनेछ कि विश्वका अन्य देशहरूमा मतदानका लागि न्यूनतम उमेर कति हो। १६ वा १७ वर्षका युवालाई यो अधिकार कति देशले दिएका छन् ?
१६ वर्षमा मतदानको अधिकार दिने देशहरूः
युवाहरूलाई समयमै मतदान गर्ने अधिकार दिने बेलायत मात्र होइन। यसअघि अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, माल्टा, क्युवा, इक्वेडर, निकारागुआ र बेलायतको आफ्नै इलाका आइल अफ म्यान, ग्वेर्नसे, जर्सी र फकल्याण्ड टापुमा १६ वर्षको उमेरदेखि मतदान गर्न दिइने छ। यी देशहरूमा कतिपय ठाउँहरूमा यो अधिकार ऐच्छिक छ अर्थात् तपाईं चाहनुहुन्छ भने मतदान गर्नुहोस्, अन्यथा होइन् जबकी केही देशहरूमा यो अनिवार्य पनि छ। उदाहरणका लागि ब्राजिलमा १८ देखि ७० वर्ष उमेर समूहका मानिसहरूका लागि मतदान अनिवार्य छ तर १६ र १७ वर्षका लागि यो ऐच्छिक छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

