यातायात कार्यालय नवलपरासीबाट २८ करोड बढी राजस्व सङ्कलन
काठमाडौं । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले आर्थिक वर्ष २०८१/८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका प्रमुख सुरेश जैसवालका अनुसार यो रकम अघिल्लो आर्थिक वर्षकै हाराहारीमा रहेको छ।
उनका अनुसार सवारी साधन कर बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र तथा सवारी दर्ता किताबबाट ५ करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक शुल्क शीर्षकबाट ११ लाख २ हजार ३५० रुपैयाँ राजस्व उठाइएको हो।
गत आवमा एक हजार ४१४ वटा सवारीसाधन जाँच पास गरिएको छ भने सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षा दिएका थिए। त्यस्तै ट्रायल परीक्षामा २० हजार २६० जनाले सहभागिता जनाएका थिए। सोही अवधिमा तीन हजार ५४ वटा अनुमति पत्र नवीकरणसमेत गरिएको कार्यालयले जनाएको छ।
राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरिएको प्रमुख जैसवालले जानकारी दिए। उक्त अभियान अन्तर्गत बिलबुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी अनुमति पत्र चेकजाँचलाई प्राथमिकतामा राखिएको थियो। अभियानको प्रभावस्वरूप चैत महिनामात्रै चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको थियो।
सेवाग्राहीलाई सहज सेवा दिन कार्यालयले विभिन्न व्यवस्था पनि गरेको छ। सूचना अधिकारी टेक नारायण तिवारीका अनुसार कर तिर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थापन गर्न अतिरिक्त कर्मचारी खटाइएको छ। साथै, सेवा छिटो र सहज होस् भन्ने उद्देश्यले छुट्टै काउन्टर स्थापना गरिएको र कर तिर्दा आवश्यक पर्ने कागजातको जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए। स्मरणीय छ, आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
