जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर बंगलादेशसँग भिडदैँ
काठमाडौं । नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् ।
नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो ।
यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ ।
हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
सो क्रममा नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बिवश भएको थियो ।
तर, ‘राउण्ड रोविन लिग’ को अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ। किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले ३ अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्यछ । त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ । त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ ।
हालसम्म ५ खेलमा नेपालले कूल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ । दुवै टिमले समान ४ गोल व्यहोरेका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो । अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोलअन्तरमा पनि उ एक गोलले अघि रहेको छ । तर, आज जित्नै पर्ने दबाबका बिच नेपाली महिला फुटबलर मैदानमा उत्रदैँछन् ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

