एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, ‘डिजिटल फस्ट’ मोडेललाई थप बलियो बनाउँदै
काठमाडौं । देशको अग्रणी वाणिज्य बैंकमध्ये एक एनआईसी एशिया बैंक आजबाट आफ्नो स्थापनाको २८ औं वर्षमा प्रवेश गरेको छ । बैंकले २८ औं वार्षिकोत्सवको अवसरमा ग्राहक, नियामक, शेयरधनी, कर्मचारी र सम्पूर्ण सरोकारवालाप्रति आभार प्रकट गर्दै आगामी दिनहरूमा विश्वस्तरीय, प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सन् १९९८ मा स्थापना भएको बैंकले हालसम्म आइपुग्दा नेपालभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित सेवा केन्द्रमार्फत लाखौं ग्राहकसँग सेवा प्रवाह गर्दै आएको छ ।
बैंकले विशेषगरी डिजिटल फस्ट बैंकिङ्ग मोडेललाई प्राथमिकता दिँदै, आधुनिक प्रविधिको प्रयोगमार्फत देशको कुना–कुनासम्म सहज बैंकिङ्ग पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ । बैंकले मुगु, कालिकोट, बझाङ, जुम्ला, सल्यान, रूकुम जस्ता दूरदराजका जिल्लाहरूमा शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।
“बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूलमन्त्रमा अगाडि बढ्दै आएको बैंकले आजको दिनसम्मको यात्रालाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ । साथै, बैंकले आगामी दिनमा ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने, उत्तरदायी बैंकिङ्ग अभ्यासलाई बलियो बनाउने र देशको आर्थिक वृद्धिमा थप योगदान गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


