नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
तेल अहिव । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको स्वास्थ्य अचानक बिग्रिएपछि चिकित्सकले उनलाई आराम गर्न सल्लाह दिएका छन् । नेतान्याहुको कार्यालयले उनलाई खानामा ‘फुड पोइजन’ भएको जानकारी दिएको छ ।
राति उनको स्वास्थ्य अचानक बिग्रन थालेपछि उनको आन्द्रा र शरीरमा पानीको कमी भएको चिकित्सकले बताएका छन् । हाल उनको उपचार भइरहेको छ र तरल पदार्थ खुवाइँदैछ। चिकित्सकको सल्लाहपछि उनले अब घरमै आराम गर्ने र त्यहीँबाट सरकारी काम सम्हाल्ने बताइएको छ ।
यसैबीच उनको स्वास्थ्य बिग्रिएपछि उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ । यस मुद्दाको अर्को सुनुवाइ सेप्टेम्बर अघि हुने छैन, किनभने इजरायलका अदालतहरू गर्मीको बिदाका कारण बन्द छन्। यो मुद्दा सन् २०२० मा सुरु भएको थियो र अहिलेसम्म धेरै पटक यसको सुनुवाइ स्थगित भएको छ।
यसअघि नेतन्याहुले गाजा युद्ध र त्यसपछि लेबनानमा भएको द्वन्द्वको कारण सुनुवाइ स्थगित गरेका थिए। यस मामलामा, नेतान्याहु र उनकी पत्नी साराले २ लाख ६० हजार अमेरिकन डलर बराबरको महँगो उपहार प्राप्त गरेको आरोप छ। यसमा सिगार, गहना र शैम्पेन समावेश छ। बदलामा उनीमाथि कथित रूपमा राजनीतिक सहयोग गरेको आरोप छ।
नेतान्याहु विगतमा धेरै स्वास्थ्य समस्याबाट ग्रस्त छन्। सन् २०२३ मा उनको मुटुमा पेसमेकर जडान गरिएको थियो । त्यसपछि डिसेम्बरमा प्रोस्टेटको शल्यक्रिया गर्नुपरेको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
