बंगलादेशमा सैन्य बिमान स्कुलमा ठोक्कियो, उद्दार कार्य जारी
ढाका । बंगलादेशको वायुसेनाको विमान ढाकाको उत्तरमा दुर्घटनाग्रस्त भएको छ। सो बिमान जेट माइलस्टोन स्कुल एण्ड कलेजको भवनमा ठोक्किएको ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
फायर सर्भिस र सिभिल डिफेन्सले घटनामा कम्तीमा एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनास्थलमा उद्धार कार्य जारी छ ।
ढाकाको उत्तरामा प्रशिक्षण विमान दुर्घटनामा परी कम्तीमा २५ जनालाई नेशनल इन्स्टिच्युट अफ बर्न एण्ड प्लास्टिक सर्जरीमा लगिएको छ । उनीहरुको पहिचान तुरुन्तै थाहा हुन सकेको छैन तर उनीहरुमध्ये अधिकांश विद्यार्थी हुन् । अन्य कैयौं घाइतेहरूलाई सहरका विभिन्न अस्पतालमा लगिएको छ।
फायर सर्भिस कन्ट्रोल रुमका ड्युटी अफिसर लिमा खानमले भनिन्, “हामीले दिउँसो १ः१८ बजे उत्तराको माइलस्टोन स्कुल एण्ड कलेज नजिकै विमान दुर्घटना भएको खबर प्राप्त गरेका थियौँ।’ उनका अनुसार घटनास्थलमा उत्तरा, टोङ्गी, पल्लवी, कुर्मीटोला, मिरपुर र पूर्वाचलका आठ वटा दमकल खटिरहेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडियोहरूले धेरैलाई घाइते अवस्थामा उद्धार गरेको देखिन्छ। उनीहरुलाई उत्तरा आधुनिक अस्पतालमा लगिएको बताइएको छ ।
ढाका मेडिकल कलेज अस्पताल, कुर्मिटोला जनरल अस्पताल, कुवेत–बंगलादेश मैत्री सरकारी अस्पताल, उत्तरा महिला मेडिकल कलेज, शहीद मन्सूर अली मेडिकल कलेज अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।
डीएमपीको उत्तरा डिभिजनका उप पुलिस आयुक्त मोहिदुल इस्लामले पत्रकारहरूलाई भने, ‘माइलस्टोन कलेज क्षेत्रमा तालिम विमान दुर्घटना भएको छ। उद्धार कार्य जारी छ। थप विवरण पछि दिइनेछ।’
प्रत्यक्षदर्शीहरूले भने कि विमान अचानक ठूलो आवाजको साथ भवनमा ठोक्कियो, जसले विद्यार्थी र क्याम्पसका कर्मचारीहरूमा त्रास फैलाएको थियो। भवन मुख्यतया प्लेग्रुप कक्षाहरूका लागि प्रयोग गरिएको थियो, जुन दुर्घटना हुनुभन्दा केही बेर अघि मात्र समाप्त भएको थियो।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
