भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
बेइजिङ । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ ।
ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ ।
कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।
तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।
यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल वेइबोमा यस सम्बन्धमा जानकारी दिएको बताइएको छ ।
भारतीय दूतावासले अब चीनबाट भारत भ्रमणका लागि भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भर्नु पर्नेछ। त्यसपछि वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनुपर्छ।
यस पछि उनीहरूले राहदानी र आवश्यक कागजात लिएर भिसा केन्द्रमा जानु पर्नेछ। यी भिसा केन्द्रहरू बेइजिङ, सांघाई र ग्वाङ्झाउ जस्ता शहरहरूमा छन्, जुन दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा पर्दछ। उनीहरू त्यहाँ गएर आवेदन दिन सक्छन्।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

