भारतले ५ वर्षपछि फेरि चिनियाँ पर्यटकलाई भिसा दिने, आजवाट सुरू
बेइजिङ । भारत सरकारले अब चिनियाँ पर्यटकलाई फेरि भिसा दिने भएको छ ।
ग्लोबल टाइम्सका अनुसार भारतले यो सेवा पाँच वर्षपछि पुनः सुरु गर्ने भएको छ ।
कोरोना अवधिपछि यो सेवा बन्द भएको हो । यसपछि सन् २०२० को जुनमा भएको गलवान द्वन्द्वले दुई देशबीचको सम्बन्ध थप बिग्रिए पछि चिनियाँ नागरिकलाई भारतले भिसा दिन बन्द गरेको थियो ।
तर, अहिले ५ बर्ष पछि पुनः भिसा प्रकिया सुरू गरेको बेइजिङस्थित भारतीय दूतावासले पुष्टि गरेको छ । यो प्रक्रिया २४ जुलाई २०२५ देखि सुरु हुने दूतावासले जनाएको छ।
यो जानकारी चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले पनि प्रकाशित गरेको छ। जसमा भारतीय दूतावासले बुधबार सामाजिक सञ्जाल वेइबोमा यस सम्बन्धमा जानकारी दिएको बताइएको छ ।
भारतीय दूतावासले अब चीनबाट भारत भ्रमणका लागि भिसाका लागि आवेदन दिन सक्ने जनाएको छ । यसका लागि उनीहरूले पहिले अनलाइन आवेदन फारम भर्नु पर्नेछ। त्यसपछि वेबसाइटमा गएर अपोइन्टमेन्ट लिनुपर्छ।
यस पछि उनीहरूले राहदानी र आवश्यक कागजात लिएर भिसा केन्द्रमा जानु पर्नेछ। यी भिसा केन्द्रहरू बेइजिङ, सांघाई र ग्वाङ्झाउ जस्ता शहरहरूमा छन्, जुन दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तमा पर्दछ। उनीहरू त्यहाँ गएर आवेदन दिन सक्छन्।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
