१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण बंगलादेशको कम्पनीले गर्ने
काठमाडौं । नेपालका १० वटा ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षणका लागि बंगलादेशको लेखापरीक्षण संस्था ‘हउलदार युनुस एन्ड कम्पनी’ छनोट भएको छ। नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले मूल्याङ्कनको दोस्रो चरणपछि बुधबार उक्त कम्पनीलाई छनोट गरिएको आशयपत्र जारी गरेको हो।
राष्ट्र बैंकले गत वर्ष पुसमा अन्तर्राष्ट्रिय लेखापरीक्षण संस्था छनोटका लागि खुला प्रतिस्पर्धा आह्वान गरेको थियो। प्रतिस्पर्धीहरूमध्ये हउलदार युनुस एन्ड कम्पनीले प्राविधिक मूल्याङ्कनका सबै चरण पार गर्दै अन्ततः छनोट पाएको हो। उजुरी नपरेमा कम्पनीले एक हप्ताभित्र काम थाल्नेछ। कम्पनीलाई लेखापरीक्षण कार्यको लागि ६२ लाख ५४ हजार रुपैयाँ र २ लाख ७१ हजार अमेरिकी डलर (करीब ३ करोड ७१ लाख रुपैयाँ) भुक्तानी गरिनेछ। यो प्रक्रिया अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को सुझाव तथा सहयोगमा अगाडि बढाइएको हो।
सरकारले सन् २०२१ डिसेम्बर २२ मा IMF सँग विस्तारित कर्जा सुविधा (ECF) सम्झौता गर्दा १० ठूला वाणिज्य बैंकको स्वतन्त्र लेखापरीक्षण गरिने प्रतिबद्धता जनाएको थियो।
छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी संस्था मेहरा जेकेएसएस एसएसबीडीआईका तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतीश सुवेदीले सर्वोच्चमा रिट दायर गरेका थिए। तर, असार ९ गते सर्वोच्च अदालतको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नदिएपछि राष्ट्र बैंकलाई प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
लेखापरीक्षणपछि बैंकहरूले प्रवाह गरेका कर्जाको गुणस्तर, पुनःकर्जाको प्रवृत्ति, समूहगत तथा केन्द्रीकृत कर्जा, र खराब कर्जाको अवस्था आदि पक्षहरूको गहिरो मूल्याङ्कन गरिनेछ। यसले बैंकिङ क्षेत्रको जोखिम मूल्याङ्कनमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


