• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ६ घण्टा 

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
  • ६ घण्टा 

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
  • ८ घण्टा 

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?
  • १० घण्टा 

कजारियाको नयाँ शोरुम अब हापुरे, दाङमा : प्रिमियम टायल कलेक्सनको शुभारम्भ
  • ११ घण्टा 

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि
  • १२ घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • १ दिन 

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • २. रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता

  • ३. गर्मीमा घरभित्रै प्रिमियम शीतलता, ब्ल्याकं डेकरका ८ आधुनिक एयर कूलर बजारमा

  • ४. नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला

  • ५. यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

  • ६. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • ७. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ८. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ९. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • १०. एसईईको नतिजा आजै सार्वजनिक हुने

गाजामा भयानक भोकमरी, तीन हप्तामा २० बालबालिकासहित ८४ को मृत्यु

admin २०८२, श्रावण, १०

गाजा । गाजा पट्टीमा भोकमरीले डरलाग्दो रुप लिएको छ । इजरायली नाकाबन्दीले खाद्यान्न र अत्यावश्यक औषधिको गम्भीर अभाव निम्त्याएको छ, जसको परिणामस्वरूप पछिल्ला तीन हप्तामा धेरै बालबालिकासहित दर्जनौंको ज्यान गएको छ।

गाजा सहरको अस्पतालको अवस्था यति नाजुक छ कि डाक्टरहरूले बच्चाहरूलाई बचाउन आवश्यक औषधि र पौष्टिक खाना पनि उपलब्ध गराउन सक्दैनन्। गत हप्ता स्थिति झनै चिन्ताजनक बन्यो। जब चार दिनमा भोकमरीका कारण ५ साना बालबालिकाको मृत्यु भएको थियो । यी मध्ये कुनै पनि बालबालिका कुनै गम्भीर रोगबाट पीडित थिएनन्, तर पनि पोषणको कमीले उनीहरुको अवस्था यति बिग्रियो कि बचाउन सकिएन्।

गाजाको दयनीय अवस्थाको बारेमा बताउँदै अस्पतालका पोषणविद् डा राणा सोबोहले भने, “बालबालिकाहरू न रुन न हिड्न सक्ने गरी कमजोर भइसकेका छन्, पहिले केही बालबालिका उपचारले निको हुने गर्थे तर अहिले अवस्था नाजुक छ । यो विपत्ति हो। संसारका सामु बालबालिका भोकले मरिरहेका छन् । यो भन्दा नराम्रो अरु केहि हुन सक्दैन।’

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार विगत तीन हप्तामा २० बालबालिका र २८ वयस्कसहित कुल ४८ जनाको भोकमरीका कारण मृत्यु भएको छ। संयुक्त राष्ट्रसंघ (युएन) ले यो वर्ष हालसम्म २१ बालबालिकाको भोकमरीका कारण मृत्यु भएको जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले करिब १ लाख महिला र बालबालिकालाई तत्काल उपचारको आवश्यकता रहेको जनाएको छ । तर, औषधि र खाद्यान्न अभावका कारण यो सम्भव छैन । बिरामी मित्र अस्पतालमा दैनिक दुई सयदेखि तीन सय बालबालिका उपचारका लागि आउने गरेका छन् । डा राणाले अस्पतालका कर्मचारी पनि भोकै रहेको र दुई नर्सलाई उर्जाका लागि ड्रिपमा राख्नुपर्ने बताए ।

गत साता ज्यान गुमाएका पाँच बालबालिका मध्ये चार जनाको ग्यास्ट्रिकबाट मृत्यु भएको कारण उनीहरुलाई चाहिने पौष्टिक खाना उपलब्ध थिएन । पाँचौं बच्चा, साढे चार वर्षको सिवरमा पोटासियमको गम्भीर कमी थियो।

इजरायलले मार्च महिनादेखि गाजामा खाद्यान्न, औषधि र इन्धनको आपूर्ति पूर्ण रूपमा रोकेको थियो, त्यसपछि स्थिति थप बिग्रँदै गयो। मेमा केही राहत दिइएको थियो तर संयुक्त राष्ट्रसंघका अनुसार दैनिक ५००-६०० ट्रक सहायता सामग्री चाहिन्छ भने हाल ६९ ट्रक मात्र आइपुगेका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास
यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त
एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?

ताजा

२०८३ वैशाख ३० गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

फोटोन नेपालको ‘कस्टमर मिट एण्ड ग्रिट’ : आफ्टर सेल्स सर्भिस र ईभीप्रतिको विश्वास बढाउने प्रयास

यती एअरलाईन्सको आईपीओ निष्काशनमा एनआइएमबि एस क्यापिटल नियुक्त

एसईई नतिजामा सुधार, कुन प्रदेशबाट कति विद्यार्थी उत्तीर्ण ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.