बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद
बारा । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति १० बजे ईलाका प्रहरी कार्यालय सिमराबाट डिएसपी वेद प्रकाश जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ५६७२ नम्बरको डिब्बा ट्रकलाई रोकि चेकजाँच गरेको थियो।
जाँचका क्रममा ट्रकमा लोड गरिएको सामानहरूको बिल–बिजक प्रस्तुत गरिएकासँग फरक पाइए पछि र भन्सार छलीको आशंका लागे पछि ट्रक नियन्त्रणमा लिइएको हो। ट्रकमा अन्दाजी ५२ लाख ७० हजार ९३ रुपैयाँ बराबरको कपडा, साइकल पार्ट्स, केमिकल, विभिन्न औषधि लगायतका खुद्रा सामानहरू लोड रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
ट्रक र सामानहरू नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
सम्बन्धित समाचार
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
दशैं–तिहारको पारिवारिक भोजलाई अझ सहज बनाउँदै माइडियाको फ्री–स्ट्यान्डिङ कुकिङ रेन्ज
एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
ट्रेन्डिङ
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
