एनआईसी एशिया बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा १० प्रतिशत छुट उपलब्ध
काठमाडौं । एनआईसी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेज प्रा.लि.बीच यस बैंकका ग्राहक महानुभावहरुलाई हेयर एण्ड शान्ती युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरुले देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने जनाईएको छ ।
ग्राहकहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित् छायाँ सेन्टर, जावलाखेलस्थित् मिनिसो बिल्डिङ्ग, कमलादीस्थित् सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित् सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित् भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित् भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लिजा श्री इन्टरप्राइजेजसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


