दरमखोला हाइड्रो इनर्जीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले यही साउन १५ गते (भोलि) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख २३ हजार १८५ कित्ता शेयर निष्कासन गर्नेछ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त यस कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई क्रमशः १० लाख ३० हजार ५०० र २ लाख ९१ हजार १५० कित्ता शेयर बिक्री गरिसकेको छ। सामूहिक लगानी कोषका लागि १ लाख ४५ हजार ९७५ कित्ता र कर्मचारीहरूका लागि ५८ हजार ३९० कित्ता सुरक्षित गरी बाँकी शेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम म्याद साउन १९ गतेसम्म तोकिएको छ। यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले दरमखोलालाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। लगानीकर्ताहरूले सी(आश्वा सेवामार्फत वा मेरो सेयर प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

