Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, श्रावण, १६
दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ सर्वसाधारणका लागि खुला

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (साउन १५ गते) देखि सर्वसाधारणका लागि आफ्नो आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कम्पनीले यस चरणमा २९ लाख १९ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्दैछ।

यसअघि, कम्पनीले जेठ २० गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट कुल ३९ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्ने स्वीकृति प्राप्त गरेको थियो। तीमध्ये १०/१० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएकाले बाँकी शेयर सर्वसाधारणका लागि खुलाइएको हो।

आईपीओमा आवेदन दिने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन मेरो शेयर प्रणालीमार्फत वा धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा कार्यालयमार्फत दिन सकिन्छ।

आईपीओका लागि आवेदन दिने अन्तिम मिति साउन २९ गतेसम्म तोकिएको छ भने पर्याप्त आवेदन परेमा यो प्रक्रिया साउन १९ गतेमै बन्द हुन सक्छ।

Top Changing Nepal

युट्युब सट्स