एलएस अटोको नयाँ कार नेपालमा : नाइमा एक्सपोमा सार्वजनिक हुँदै
काठमाडौं । एलएस अटोको नेपालको लागि आधिकारीक वितरक नेक्सन भेन्चरले नयाँ मोडलका इलेक्ट्रीक भेहिकलहरु नेपाल भित्र्याएको बताएको छ । एलएस अटोले उत्पादन गरेको प्रिमियम ह्याचव्याक र अलह्वील ड्राइभका दुई मोडलहरु नेपाल आइपूगेका हुन् ।
आगामी साउन २१ बाट शुरु हुने नाइमा मोबिलिटी एक्सपोमा नेपाल भित्रिएका यी दुई मोडल एलईभी०५ र एलईभी एक्स प्रदर्शन हुनेछन् ।
एलईभी०५ एक प्रिमियम ह्याचव्याक कार हो । यो कारमा सेग्मेन्टकै सबैभन्दा ठूलो ५६ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । ७० किलोवाटको मोटर भएको यो कारले नेपाली बाटोमा ४०० किलोमिटरको रेन्ज आरामले दिने कम्पनीले दावी गरेको छ ।
त्यस्तै एलईभी एक्स एक अल ह्विल ड्राइभ क्रसओभर एसयूभी हो । यस अघि नेपालमा बिक्री भइरहेको एलईभी वानको अल ह्विल ड्राइभ भर्सन एलईभी एक्स मा ७७ किलोवाट आवरको व्याट्री प्याक र १९८ किलोवाटको मोटर रहेको छ । यो एसयूभीले ५५० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले दावी गरेको छ ।
सेग्मेन्टमै सबैभन्दा धेरै २१० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको यो एसयूभी अल ह्विल ड्राइभ भएसँगै जस्तोसुकैै बाटोहरुमा समेत आरामले चलाउन सकिने भएको छ । कम्पनीका अनुसार एलईभी वानमा भन्दा अल ह्विल ड्राइभ एलईभी एक्समा क्याविनका केही फिचरहरु समेत अपडेट भएका छन् ।
यी कारको मूल्य भने नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गर्ने कम्पनीले योजना बनाएको जनाएको छ ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
