अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला
काठमाडौं । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठूलो उछाल आएको छ । यसअघि जो बाइडेनको कार्यकालको तथ्यांकलाई हेर्दा यो संख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बीचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ।
भारतीय बिदेश मन्त्रालयको मन्त्रालयको तथ्यांकअनुसार जनवरी २०२० देखी जुलाई २०२५ बीचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाई अर्थात १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार ग्रहण गरेपछि फिर्ता पठाइएको छ ।
ट्रम्प प्रशासनले २०२५ को शुरुवातमा अध्यागमन नीतिलाई कडा पारेको थियो। विदेश विभागले भन्यो, ‘हामी निरन्तर भिसा धारकहरूलाई जाँच गर्छौं कि उनीहरूले सबै अमेरिकी कानून र अध्यागमन नियमहरू पालना गरिरहेका छन्। यदि तिनीहरूले त्यसो गर्दैनन् भने हामी तिनीहरूको भिसा रद्द गर्नेछौं र तिनीहरूलाई देश निकाला गर्नेछौं।”
परराष्ट्र मन्त्रालयका अनुसार यस वर्ष देश निकाला भएका एक हजार ७०३ जनामध्ये ८ सय ६४ जना चार्टर र सैन्य उडानमार्फत फर्किएका छन् । यूएस भन्सार र सीमा सुरक्षा (सैन्य उडान) ले फेब्रुअरी ५, १५ र १६ मा ३३३ भारतीयलाई देश निकाला गरेको थियो।
यूएस अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले मार्च १९, जुन ८ र जुन २५ मा चार्टर उडानहरू मार्फत कुल २३१ व्यक्तिहरूलाई निर्वासित गर्यो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पनि जुलाई ५ र १८ मा ३०० जनालाई चार्टरमार्फत भारत फिर्ता पठाएको थियो।
थप रूपमा ७ सय ४७ भारतीयहरूलाई व्यावसायिक उडानहरू मार्फत स्वदेश फर्काइएको थियो। सोही अवधिमा पनामाबाट ७२ जना फर्किएका छन् ।
यदि राज्य अनुसार हेर्ने हो भने पञ्जाबका सबैभन्दा बढी अर्थात ६२० जनालाई देश निकाला गरिएको थियो। यसपछि हरियाणाका ६०४, गुजरातका २४५, उत्तर प्रदेशका ३८, गोवाका २६, महाराष्ट्र र दिल्लीका २०–२०, तेलंगानाका १९, तमिलनाडुका १७, आन्ध्र प्रदेश र उत्तराखण्डका १२ र कर्नाटकका ५ जनालाई फिर्ता पठाइएको थियो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
