वरुण हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ ३ गतेसम्म बढाइयो
काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो शतप्रतिशत हकप्रद शेयरको आवेदन दिने समयसीमा आगामी भदौ ३ गतेसम्म लम्ब्याएको छ। कम्पनीले असार ३१ गतेदेखि हकप्रद शेयर निष्कासनमा लागेको थियो।
कम्पनीले १ः१ को अनुपातमा, अर्थात् एक कित्ता कायम शेयरधनीलाई एक कित्ता हकप्रद शेयरको दरले कुल ५३ लाख ५८ हजार १५० कित्ता शेयर जारी गरिरहेको छ। प्रति शेयर मूल्य १०० रुपैयाँ कायम गरिएकोले कुल निष्कासन रकम ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबर हुनेछ।
जेठ २१ गतेसम्म नेप्सेमा शेयर कारोबार भई नाम दर्ता भइसकेका लगानीकर्ताले मात्रै हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।
आवेदन दिने स्थान
लगानीकर्ताहरूले निम्न माध्यमबाट आवेदन दिन सक्नेछन्ः
आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड — शेयर निष्कासन तथा बिक्री प्रबन्धक
राष्ट्रिय वाणिज्य बैंकका निम्न शाखाहरूः
विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी, धरान
सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिन्छ ।
मेरो शेयर (Mero Share) अनलाइन प्रणाली प्रयोग गरी पनि घरबाटै सहज रूपमा आवेदन दिन सकिनेछ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
