नेपाल एसबिआई बैंकद्वारा पुरानो नगद लाभांश लिन बाँकी शेयरधनीलाई सूचना
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विगतमा घोषित तर लिन बाँकी रहेको नगद लाभांश तथा अन्य रकम लिन बाँकी शेयरधनीलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७५/७६ पछिको साधारणसभाबाट पारित नगद लाभांश लिन बाँकी शेयरधनीलाई ठमेलस्थित शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडको कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।
यसअघि बैंकले आर्थिक वर्ष २०५२/५३ देखि २०७५/७६ सम्मको नगद लाभांश, साथै आईपीओ, एफपीओ, हकप्रद तथा लिलामी शेयर वापतको फिर्ता हुन बाँकी रकम फिर्ता लिन पटक–पटक आग्रह गरे पनि सम्पर्क नआएपछि ती रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको जानकारी दिएको छ।
अघिल्लो पुस्तामा अहिलेको जस्तो अनलाइन आवेदन र बैंक खातामै रकम फिर्ता हुने व्यवस्था नभएको हुँदा धेरै लगानीकर्ताको रकम अझै फिर्ता लिइएको छैन। कतिपयले शेयर आवेदन दिएर रकम बुझाए पनि शेयर नपरेको अवस्थामा उक्त रकम नलिईएको पाइएको छ। बैंकले बाँकी रहेका सम्पूर्ण शेयरधनीहरूलाई आवश्यक कागजातसहित शीघ्र सम्पर्क गर्न पुनः अनुरोध गरेको छ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


