• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
  • ८ घण्टा 

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
  • ९ घण्टा 

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • ९ घण्टा 

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • १२ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १५ घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • १६ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १७ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित

  • २. विद्यार्थीलाई नतिजा सार्वजनिक भएको १५ दिनमै ट्रान्सक्रिप्ट दिने विश्वविद्यालको निर्णय

  • ३. टिकटकद्वारा २०२५ चौथो त्रैमासिक कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदन सार्वजनिक

  • ४. आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार

  • ५. डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

  • ६. सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक

  • ७. २०८३ वैशाख ०७ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • ९. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • १०. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

जानकारी केन्द्र २०८२, श्रावण, २४

काठमाडौं । टिकटकले बिहिबार नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्रभावित प्रयोगकर्ताहरूलाई समयमै सहयोग र आवश्यक समर्थन प्रदान गर्नु हो।

टिकटकले यो सुविधालाई प्लाटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा रहेको बताएको छ, जसको उद्देश्य प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्नु हो ।

अबदेखि नेपालका प्रयोगकर्ताहरूले “sexual assault”, “abuse hotline”, “MeToo” जस्ता यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बरहरू र टिकटकको सेफ्टी सेन्टरभित्रको सेक्सुअल अब्युज सपोर्ट पेजमा लैजाने विशेष सूचना देखाइनेछ। उक्त पेजमा शैक्षिक सामग्री, उजुरी गर्ने तरिकाहरू र प्रोफेसनल सपोर्ट सर्भिसहरूको लिङ्क उपलब्ध गराइएको छ।

“टिकटकमा प्रयोगकर्ताको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो”, टिकटकका ‘ट्रस्ट एन्ड सेफ्टी’ विभागका आउटरीच तथा पार्टनरशिप म्यानेजर वास्कितो जटीले भने, “हामीलाई थाहा छ, कठिन परिस्थितिमा धेरै प्रयोगकर्ताहरू अनलाइन प्लेटफर्ममा जान्छन्। त्यसैले हामीले अग्रसर भएर सहयोगका विकल्पहरू देखाउन थालेका छौं, जसले पीडितहरूलाई आवश्यक सहयोगतर्फ डोहोर्याउने र टिकटकको यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीतिलाई बलियो बनाउनेछ।”

सेफ्टी सेन्टरमा रहेको सेक्सुअल अब्युज सपोर्ट पेजले यौन दुर्व्यवहारका विभिन्न स्वरूपहरू, जस्तै बाल यौनशोषण सामग्री (CSAM), बहकाउने व्यवहार (grooming), यौन दुर्व्यवहार र सहमति बिना गरिने यौन क्रियाकलापबारे जानकारी दिन्छ र यस्ता सामग्री उजुरी गर्ने तरिका पनि सिकाउँछ। यसले हानिकारक सामग्रीसँगको सम्पर्कबाट टाढा बस्न प्रेरित गर्छ र प्रयोगकर्ताको गोपनीयताको पूर्ण रक्षा गरिने समेत उल्लेख गर्दछ।

यस सुविधामा टिकटकको इन-एप उजुरी प्रणालीका साथै बाहिरि उजुरीका विकल्पहरूबारे पनि जानकारी दिइन्छ। यस पेजले पीडित र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूका लागि सहायता खोज्न सजिलो बनाएको छ। यसमा पीडितको हेरचाह, ट्रमा व्यवस्थापन र कानुनी सहयोगमा विशेष दक्षता भएका स्थानीय संस्थाहरू र अन्तर्राष्ट्रिय सहयोगदाताहरूको खोज्न मिल्ने डेटाबेसको पहुँच समावेश गरिएको बताइएको छ।

समुदायको साथ र सशक्तिकरण खोज्नेहरूका लागि टिकटकले उपचार (healing) र पुनःस्थापना (recovery) सँग सम्बन्धित ह्यासट्याग र कन्टेन्टहरूलाई पनि प्राथमिकता दिएको छ।

यो पहल टिकटकले कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट, शैक्षिक सहकार्यहरू र प्लेटफर्म स्तरका उपायहरूका माध्यमबाट डिजिटल सुरक्षा र प्रयोगकर्ताको वेल-बीइंग सुधार गर्न गर्दै आएको निरन्तर प्रयासको हिस्सा रहेको जनाइएको छ।

प्रयोगकर्ताहरू सुरक्षित र सशक्त बनुन् भन्ने लक्ष्यका साथ टिकटकले विशेषज्ञहरू, पीडितका पक्षमा काम गर्ने समूहहरू र मानसिक स्वास्थ्यसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिरहेको बताइएको छ।

टिकटकबारे
टिकटक छोटो आकारको मोबाइल भिडियोका लागि अग्रणी प्लेटफर्म हो। टिकटकको उद्देश्य सिर्जनशीलतालाई उत्प्रेरित गर्नु र खुसी फैलाउनु हो। टिकटकका कार्यालयहरू लस एञ्जलस, न्यू योर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियो जस्ता विश्वका विभिन्न सहरहरूमा छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन
वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो
कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

ताजा

कजारियाद्धारा चितवनमा नयाँ शोरुम उद्घाटन

वित्तीय अवस्थामा उल्लेख्य सुधारः एमएडब्लूको रेटिङ्ग “एलबीबीबी–/ए ३” मा उक्लियो

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.