बच्चा र कुकुरलाई भोकै राखेर लामाे जन्मदिन मनाउन गएकी अमेरिकन महिला पक्राउ
काठमाडौं । अमेरिकाको फ्लोरिडामा एक महिलाले आफ्नो बच्चा र ७ घरपालुवा कुकुरसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी छन् ।
द इन्डिपेन्डेन्टको रिपोर्ट अनुसार ३७ वर्षीया महिला जेसिका कोपल्यान्डले आफ्नो बच्चा र कुकुरलाई घरमा छोडेर दुई हप्तासम्म आफ्नो जन्मदिन मनाउन लस भेगास गइन् । घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
जब अधिकारीहरूले घरमा प्रवेश गरे, उनीहरूले एक बालक र ७ कुकुरहरू भेट्टाएकाे प्रहरीले जानकारी दिएकाे छ । जब प्रहरी त्यहाँ पुगे, उनीहरुको अवस्था निकै नाजुक थियो, भुइँमा जनावरको मल र फोहोर छरिएको थियो । कुकुरको अवस्था हेर्दा धेरै दिनदेखि खाना र पानी नपाएको जस्तो देखिन्थ्यो । प्रहरीले सार्वजनिक गरेको तस्विरमा कुकुरको करङ निस्केको देखाइएको छ ।
कोपल्याण्ड जब जुलाई २१ मा लस भेगास गएकी थिइन् र केही मानिसहरू उनलाई खाना दिन आउँथे। बालककाे उमेर खुलाइएकाे छैन ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
