अटो शो बाहिर पनि इलेक्ट्रिक स्कुटर किन्दा २५,००० नगद छुट
काठमाडौं । सारथी ई–स्कुटरले अहिले चलिरहेको अटो शो बाहिर समेत रु. २५,००० को विशेष नगद छुट घोषणा गरेको बताएको छ। कम्पनीका अनुसार यो अफर साउन २१ गतेदेखि सुरु भएको नाडा अटो शोको पहिलो दिनदेखि साउन २६ गतेसम्म लागू हुनेछ। उक्त कम्पनी हाल चलिरहेको नाइमा अटो शोमा सहभागी छैन ।
यस योजना अन्तर्गत, ई३ वा विङ्गर मोडेलमध्ये कुनै पनि खरिद गर्ने ग्राहकले रु. २५,००० नगद छुटसँगै एक वर्षको सडक कर, प्रिमियम हेलमेट र रेनकोट निःशुल्क पाउनेछन्।
अफर नगद खरिदमा मात्र लागू भए पनि, पूरै रकम नभएका ग्राहकका लागि किस्तामा खरिदको सुविधा पनि उपलब्ध छ। न्यूनतम २० प्रतिशत अग्रिम रकममा ३ वर्षसम्मको वित्तीय सुविधा पाइने कम्पनीले जनाएको छ।
त्यसैगरी, कम्पनीले दैनिक पुरानो सवारी साटासाट (एक्सचेन्ज) सुविधा पनि उपलब्ध गराइरहेको छ। पुरानो बाइक वा स्कुटर — चाहे इलेक्ट्रिक होस् वा पेट्रोल — नयाँ सारथी ई–स्कुटरसँग साट्न सकिनेछ। विङ्गर मोडेलमा अधिकतम ३,९०० वाटको मोटर पावर र ई३ मा ३,००० वाटको मोटर पावर छ। दुवैमा २.८ किलोवाटआवर ब्याट्री जडान गरिएको छ जसले फुल चार्जमा अधिकतम १२० किमीको दूरी तय गर्न सक्छ।
हाल ई३ को मूल्य रु. २,१६,००० र विङ्गरको मूल्य रु. २,०९,००० रहेको छ। यी दुवैमा अफरअन्तर्गत रु. २५,००० छुट लागु हुनेछ। सारथी ई–स्कुटरको नेपालमा आधिकारिक वितरक जिरो इमिसन राइड एन हो। कम्पनीले नेपालको इलेक्ट्रिक स्कुटर ब्रान्डहरूमध्ये सबैभन्दा धेरै सर्भिस सेन्टर र चार्जिङ पोइन्टको रेकर्ड राखेको छ र विगत ६ वर्षदेखि लुइयुआन ब्रान्डको ई–स्कुटर वितरण गर्दै आएको जनाएको छ।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

