एभरेष्ट बैंकको नाफामा ३२.८प्रतिशत वृद्धि, लाभांश क्षमता ३८.२७प्रतिशत
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्ममा ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गर्दै ३८.२७ प्रतिशतको लाभांश क्षमता कायम गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको २८.०६ प्रतिशत लाभांश क्षमताभन्दा २६.६७ प्रतिशतले वृद्धि हो।
समीक्षा अवधिमा बैंकको चुक्तापूँजी १२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ भने खूद नाफा अघिल्लो वर्षको ३ अर्ब ७० करोडबाट बढेर ४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ, जुन ३२.८० प्रतिशतको वृद्धि हो। नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी पनि ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, खूद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट बढेर ९ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। बैंकले निस्क्रिय कर्जा ०.७१ प्रतिशतबाट घटाएर ०.३८ प्रतिशतमा झारेको छ।
रिटर्न अन इक्वीटी (ROE) १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ रु. २३६.२८ बाट बढेर रु. २४७.३९ मा पुगेको छ। समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड र कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड र कर्जा १ खर्ब ७८ अर्ब २१ करोड थियो।
बैंकको कस्ट अफ फण्ड अघिल्लो वर्षको ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा सीमित भएको छ भने आधार दर ८.१३ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा पुगेको छ। समीक्षा अवधिमा तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल १.४९ प्रतिशत र पीई अनुपात १८.४७ गुणा कायम भएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


