क्रिस्टियानाे रोनाल्डो चाडैँ बिबाह बन्धनमा बाधिदै, गरे प्रेमिकासँग इन्गेजमेन्ट
रियाद । विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् ।
हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन, जसले अहिले इन्टरनेटमा हलचल मच्चाएको छ । वास्तवमा लामो समयदेखि उनीहरुको इन्गेजमेन्टको खबर आएको थियो, जसमा जर्जिनाले पूर्णविराम लगाएकी थिइन् । उनले इन्गेजमेन्टको खबर पुष्टी गरेकी छिन् ।
पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र मोडल जर्जिना रोड्रिग्वेज ८ वर्षदेखि सँगै बस्दैँ आएका छन् । उनीहरुले २०१६ मा डेटिङ सुरु गरेका थिए। रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन्। सन् २०१७ मा सरोगेसी मार्फत सन्तान (इभा मारिया र माटेओ) को जन्म भएको थियो, अलानाको पनि २०१७ मा जन्म भएको थियो। बेला नामक छाेरी २०२२ मा जन्मिएकी थिइन्, उनको छोरोको जन्म पछि नै मृत्यु भयो। रोनाल्डोको एक जेठो छोरा (रोनाल्डो जूनियर) पनि छन्, जसको आमाका बारेमा कसैलाई पनि थाहा छैन्।
क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एक पोस्ट पोष्ट गरेकी छिन्, जसमा उनी र रोनाल्डो हात समातिरहेको देखिन्छ । जर्जिनाको हातमा एउटा चम्किलो औंठी छ, जुन इन्गेजमेन्टको औंठी हो। उनले क्याप्सनमा लेखेकी छिन्, ‘हो, मैले निर्णय गरेको छु ।’ यो तस्बिर साउदी अरबको राजधानी रियादको हो, उनले पोस्टमा लोकेशन पनि सेयर गरेकी छिन् । यसपछि प्रयोगकर्ताले उनलाई बधाई दिन थालेका छन् ।
इङ्लिस मिडियाका अनुसार सन् २०२५ मा क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलर छ। रोनाल्डोको आधार तलब करिब २० करोड डलर छ । उनले विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउँछन्। सन् २०२२ मा उनले साउदी टोलीसँग ६० करोड डलरको सम्झौता गरेका थिए, जसलाई यो वर्ष २०२७ सम्म थप गरिएको छ । क्लबले रोनाल्डोसँग करिब ६२० मिलियन डलरमा दुई वर्षका लागि सम्झौता गरिसकेको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग

