फोटोन र सोकोन नाडा २०२५ का लागि यूनिट्री ह्युमानोइड एक्स पिरियन्स सहित तयारी अवस्थामा
काठमाडौं । फोटोनले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो दमदार उपस्थिति जनाउने तयारी पूरा गरेको जनाएको छ । आगामी भाद्र ३ देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोमा फोटोनले आफ्नो दुई प्रमुख स्टलमार्फत नयाँ मोडल र प्रविधि प्रस्तुत गर्नेछ ।
यस वर्षको विशेष आकर्षणमा फोटोनको स्टलमा राखिने युनिट्री ह्युमनोइड रोबोट पर्छ, जससँग आगन्तुकहरूले प्रत्यक्ष संवाद गर्दै उन्नत रोबोटिक्स प्रविधिको अद्भुत क्षमता नजिकबाट अनुभव गर्न सक्नेछन्।
स्टल नम्बर ए७ मा फोटोन टुनल्यान्ड पिकअप प्रदर्शन गरिनेछ, जसले २३ दिनमै देशका ८ वटा चुनौतीपूर्ण अफरोड गन्तव्य सफलतापूर्वक पार गरेर इतिहास रचेको कम्पनीले बताएको छ ।
शक्तिशाली इन्जिन, उच्च ग्राउन्ड क्लियरेन्स र बलियो सस्पेन्सनसहितको टुनल्यान्ड पिकअप व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि उपयुक्त मानिन्छ । यसमा प्रमुख मोडल टुनल्यान्ड जी७ डिजेल सहित टुनल्यान्ड सिरिजका दुई नयाँ मोडलको पहिलो झलक पनि दर्शकले पाउनेछन् ।
स्टल जे४ मा फोटोनले आफ्नो माउन्टेन ईभी र टीएम१ मोडलहरू प्रदर्शन गर्नेछ। स्टल जे६ मा सोकोनको विद्युतीय भ्यान प्रस्तुत गरिनेछ, जुन वातावरणमैत्री यातायात खोज्ने व्यवसायका लागि अत्यन्त व्यावहारिक समाधान हो। नेपालमा बढ्दो ग्रीन ट्रान्सपोर्टको मागलाई मध्यनजर गर्दै यी मोडलहरू शहरी तथा आसपासका क्षेत्रमा यात्राका लागि उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएका छन्।
नाडा अटो शो आगन्तुकका लागि नयाँ मोडल नजिकबाट हेर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष कुरा गर्ने, र त्यहीँबाट विशेष अफर तथा वित्तीय सुविधा प्राप्त गर्ने उत्कृष्ट अवसर हो। फोटोनले सबै अटोप्रेमीलाई आफ्नो स्टलमा भिजिट गर्न आवहान गरेको छ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

