कजारियाको काठमाडौंमा भव्य “आर्क एण्ड अरा” आर्किटेक्ट मिट आयोजना सम्पन्न
काठमाडौं । भारतको नंबर १ टाइल ब्रान्ड कजारियाले आफ्नो वार्षिक आर्किटेक्ट एवं डिजाइनर मिट, “आर्क एण्ड अरा”, सोल्टी होटल, काठमाडौंमा ८ अगस्त, २०२५ मा सफलतापूर्वक सम्पन्न गर्यो । यस कार्यक्रममा प्रख्यात आर्किटेक्टहरू, इन्फ्लुएन्सरहरू र उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू एकत्रित भएर डिजाइन, नवीनता र नेटवर्किंगको एक सुन्दर साँझ साझा गरे ।
कार्यक्रमको सुरुवात कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांश अग्रवालको एक प्रभाबकारी प्रेजेन्टेसनबाट भयो, जसले कम्पनीको विश्वव्यापी उपलब्धिहरू, नेपालमा निर्माण विस्तार, आर्टिस्ट्री र सस्टेनेबिलिटी प्रतिको प्रतिबद्धताका बारेमा प्रकाश पारे ।

सहभागीहरूले कजारियाका प्रिमियम टाइल संग्रहहरू अन्वेषण गरे, जुन विभिन्न आकारहरूमा प्रदर्शित गरिएको थियो । यसमा लार्ज–फम्र्याट ग्लेज्ड भिट्रीफाइड टाइलहरू (६०x१२० सेमी, ८० x १६० सेमी, १२० x १८० सेमी, र २० x २४० सेमी) लगायतका बिभिन्न आकारहरू (६० x६० सेमी, ४० x ४० सेमी, ३०x ६० सेमी, ३० x ४५ सेमी, र १९.५ x १२० सेमी) समावेश थिए, जुन आवासीय र व्यावसायिक आवश्यकताहरू पूरा गर्न उपयुक्त छन् ।
कार्यक्रमको समापनमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक संजय अग्रवालले नेपालको आर्किटेक्चरल ल्यान्डस्केपलाई नवीन डिजाइन, स्थानीय निर्माण र सहकार्यमूलक साझेदारीद्वारा उच्चस्तरमा पुर्याउने कजारिया रमेश टाइल्स लिमिटेडको मिशन बताउँदै एक प्रेरणादायी भाषण दिए ।

साँझको कार्यक्रम नेटवर्किङ डिनरमा समापन भयो, जसले नेपालको सृजनशील व्यक्तित्वहरूबीच अर्थपूर्ण संवादहरूलाई प्रबद्र्धन गर्यो । कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको बताइएको छ । विश्वस्तरीय मापदण्ड अनुसार तयार गरी अत्याधुनिक प्रविधिद्वारा निर्मित कजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको जनाइएको छ । कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६० x १२० सेमी, ६० x ६० सेमी, १९.५ x १२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४० x ४० सेमी) र सिरामिक वाल टाइल्स (३० x ६० सेमी, ३० x ४५ सेमी) उपलब्ध गराउँछ । यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ । गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको बताइएको छ ।


सम्बन्धित समाचार
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
घटस्थापनाको शुभ दिनमा एमएडब्ल्यू अर्थमुभर्सद्वारा २७ प्लस जेसीबी मेसिन हस्तान्तरण
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
