अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द
काठमाडौं । अमेरिकाले हालै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, तोकिएको कानुन उल्लङ्घन गर्ने र बसाइ अवधि नाघ्ने विद्यार्थीहरूमाथि कारबाही स्वरूप भिसा रद्द गरिएको हो।
विदेश मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका विद्यार्थीमध्ये धेरैजसो मदिरा सेवन गरी गाडी चलाउने, चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादसम्बन्धी गतिविधिलाई समर्थन गर्ने आरोपमा परेका छन्।
यस कदमलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफलका रूपमा लिइएको छ। सो नीतिअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति समेत कडाइ गरिएको छ।
विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भन्ने स्पष्ट नगरे पनि प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध कारबाही गर्दै उनीहरूलाई यहुदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ।
प्राप्त विवरणअनुसार, ६ हजारमध्ये करिब ४ हजार विद्यार्थीको भिसा आपराधिक आरोपमा रद्द गरिएको हो भने २०० देखि ३०० भिसा ‘आईएनए ३ ९बी०’ अन्तर्गत आतंकवादसम्बन्धी मुद्दामा रद्द गरिएको बताइएको छ।
सम्बन्धित समाचार
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

