अमेरिकाले ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द
काठमाडौं । अमेरिकाले हालै ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार, तोकिएको कानुन उल्लङ्घन गर्ने र बसाइ अवधि नाघ्ने विद्यार्थीहरूमाथि कारबाही स्वरूप भिसा रद्द गरिएको हो।
विदेश मन्त्रालयका अनुसार, भिसा रद्द गरिएका विद्यार्थीमध्ये धेरैजसो मदिरा सेवन गरी गाडी चलाउने, चोरीजस्ता आपराधिक गतिविधिमा संलग्न हुने तथा आतंकवादसम्बन्धी गतिविधिलाई समर्थन गर्ने आरोपमा परेका छन्।
यस कदमलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीति कार्यान्वयनको प्रतिफलका रूपमा लिइएको छ। सो नीतिअन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरूप्रति समेत कडाइ गरिएको छ।
विदेश मन्त्रालयले ‘आतंकवादलाई समर्थन’ भन्नाले के बुझिन्छ भन्ने स्पष्ट नगरे पनि प्यालेस्टाइनी समर्थनमा प्रदर्शन गर्ने केही विद्यार्थीहरूविरुद्ध कारबाही गर्दै उनीहरूलाई यहुदीविरोधी व्यवहार गरेको आरोप लगाइएको छ।
प्राप्त विवरणअनुसार, ६ हजारमध्ये करिब ४ हजार विद्यार्थीको भिसा आपराधिक आरोपमा रद्द गरिएको हो भने २०० देखि ३०० भिसा ‘आईएनए ३ ९बी०’ अन्तर्गत आतंकवादसम्बन्धी मुद्दामा रद्द गरिएको बताइएको छ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
