• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२२ बैशाख २०८३, मङ्गलबार
२२ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
  • ६ घण्टा 

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न
  • ७ घण्टा 

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
  • ८ घण्टा 

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
  • ९ घण्टा 

सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?
  • १० घण्टा 

मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु
  • १० घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १० घण्टा 

वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार
  • १ दिन 

एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. सर्वोच्चको फैसला : पुनर्विवाह गर्ने महिलाले अंश फिर्ता गर्न नपर्ने

  • ३. सीजी चेष्ट फ्रिजर : २८ मोडल र ५ वर्ष वारेन्टीसहित नेपाली बजारमा अग्रणी रोजाइ

  • ४. व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • ५. मुक्तिनाथमा लेक लागेर एक तीर्थयात्रीको मृत्यु

  • ६. रोमाञ्चक खेलमा नेपालले युएईमाथि निकाल्यो ६ रनको जित

  • ७. यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ ‘थ्रिएस’ शोरूम विस्तार

  • ८. यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

  • ९. रास्वपाको आज सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • १०. घरमा नराख्नुहोस् यस्ता वस्तु, हुनेछ धन हानीका साथै अनिष्ठ

नाडा अटो शो २०२५ मा साइमेक्स इंकले लन्च ग-यो बीवाईडी एट्टो २ : हाल सम्मकै सर्बाधिक पहुँचयोग्य एसयूभी

जानकारी केन्द्र २०८२, भाद्र, ५

काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रुपमा अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । नेपालकै सबैको पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।

उक्त अनावरण समारोह सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिबंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको कम्पनीले जनाएको छ ।

यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ । बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश  रहेको बताइएको छ ।

कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन
कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।

यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अंग्रेजी नम्बर ८ जस्तै देखिन्छ र ‘मोबियस इन्फिनिटी रिङ’ ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ ।

इन्टेलिजेन्ट फिचर सहितको प्रिमियम क्याबिन
बीवाईडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ । फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०/४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।

बीवाईडी एट्टो २ मा उपलब्ध १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८.८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ ।

ब्लेड ब्याट्री र सेल–टु–बडी प्रविधि
नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आउँछ, जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधै च्यासिसमा एकीकृत गर्छ ।

कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समय सम्म टिकाउ, दीर्घकाल सम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ।

लेभल २ एडास सहितको एड्भान्स्ड सेफ्टी
बीवाईडी एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसमा एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी), लेन डिपार्चर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए), ट्राफिक जाम असिस्ट (टीजेए), अटो इमर्जेन्सी ब्रेकिङ (एईबी), इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी) र राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटर जस्ता फिचर उपलब्ध छन् ।

यस वाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् ।

नाडा ग्राहकका लागि लन्च अफर
साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ र यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यस वाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको विस्तारित वारेन्टी, निःशुल्क एसेसरिज प्याकेज र निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी जस्ता फाइदा प्राप्त गर्न सक्ने छन् ।

नेपालमा ईभी विकासप्रति प्रतिबद्धता
साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘बीवाईडी एट्टो २ ले सबै नेपाली ग्राहकलाई इलेक्ट्रिक एसयुभी अझै पहुँचयोग्य बनाउने एक माइलस्टोनको प्रतिनिधित्व गर्छ । यसमा भएको व्यवहारिकता, सुरक्षा र अत्याधुनिक प्रविधिका कारण ग्राहकले इन्ट्री–लेभल एसयूभीबाट गर्ने अपेक्षा पुरा गर्ने कुरामा हामी विश्वस्त छौ ।’

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘बीवाईडी एट्टो २ सँगै हामीले अझै बढी नेपालीका बिचमा एसयूभीको स्वामित्व पु¥याउन सक्षम हुने अपेक्षा गरेका छौ र नेपालको ईभी रुपान्तरणतर्फको नेतृत्वलाई आगामी दिनमा समेत निरन्तरता दिने गरी उत्साहित बनेका छौ ।

कलर र उपलब्धता
बीवाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ, जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ । अब देशभरका बीवाईडी शोरुमहरुमा यसको बुकिङ समेत खुला गरिएको साइमेक्स इंकले बताएको छ ।

  • NADA
  • इलेक्ट्रिक
  • नाडा अटो शो २०२५
  • बीवाईडी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने
नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल
सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

ताजा

टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.