Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कामना सेवा विकास बैक र Lemon Tree Premier बीच सम्झौता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, भाद्र, ६
कामना सेवा विकास बैक र Lemon Tree Premier बीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित  Lemon Tree Premier सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १५ प्रतिशत तथा स्पा मा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र होटलका प्रमुख सञ्चालन अधिकृत यादव प्रसाद पाण्डेले हस्ताक्षर गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स