Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, भाद्र, १६
गरिमा विकास बैंक ‘द वेष्ट बैंक’ अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गर्ने दक्षिण एसियाकै प्रतिष्ठित अवार्ड ‘इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस्’ बाट सम्मानित भएको छ ।

अगस्ट २९, २०२५ मा इण्डियन चेम्बर अफ कर्मशले भारतको नयाँदिल्लीमा आयोजना गरेको तेश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा गरिमा विकास बैंक  The Best Bank / Best AI/ML Implementation विधामा उत्कृष्ट सहित Best MSME Acceleration विधामा Runner-up को अवार्ड प्राप्त गरेको हो ।

यस अवार्डमा नेपाल सहित भारत, बंगलादेश, म्यानमार र श्रीलंकामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

शुक्रबार आयोजित उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले संयुक्त रुपमा उक्त अवार्ड ग्रहण गरे । इण्डियन चेम्बर अफ कर्मसद्वारा सन् २०२४ मा आयोजित दोश्रो इर्मजिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डस् कार्यक्रममा समेत यस विकास बैंकले वेष्ट एसेस्ट्स म्यानेजमेन्ट विधामा रनर–अपको अवार्ड प्राप्त गरेको थियो ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप उर्जा प्रदान गरेको बैंकले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स