१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुने
काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग करिब ६२ लाख ५४ हजार रुपैयाँ लागतमा सम्झौता गरेको हो।
सम्झौताअनुसार कम्पनीले पाँच महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नुपर्नेछ । यसअन्तर्गत राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, नबिल, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, एनएमबी, प्रभु र एनआईसी एसिया गरी १० वटै बैंकको कर्जा पोर्टफोलियो परीक्षण गरिनेछ ।
यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपाललाई उपलब्ध गराएको विस्तारित कर्जा सुविधाअन्तर्गत १० ठूला वाणिज्य बैंकहरुको लोन पोर्टफोलियो रिभ्यु गर्न सुझाव दिएको थियो । त्यसअनुसार राष्ट्र बैंकले बोलपत्र आह्वान गर्दा सर्वाधिक अंक प्राप्त गरेको हउलादार कम्पनीले काम पाएको हो ।
नेपालका बैंकहरूले ठूलो मात्रामा ऋण प्रवाह गरेका कारण उनीहरूको लगानी कस्तो क्षेत्रमा गएको छ र त्यसको अवस्था के छ भन्ने बुझ्न गुणस्तर परीक्षण गरिन्छ । यसले बैंकको सम्पत्ति र कर्जाको वास्तविकता पत्ता लगाएर सम्भावित जोखिम न्यूनिकरण गर्ने अवसर दिन्छ ।
ठूला बैंकको परीक्षणपछि सम्पूर्ण बैंकिङ क्षेत्रको तस्वीर देखिने भएकाले समयमै जोखिम व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा छ । यसअघि पनि सन् २०१५ मा यस्तै समीक्षा भएको थियो, जसपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्तिमा लैजाने नीति लागू गरेको थियो।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


