सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने भनिए पनि तयारी छैन
काठमाडौं । फेसबुक (मेटा) ले नेपालमा आधिकारिक रूपमा ‘कन्टेन्ट मोनेटाइजेशन’ सुरु गरेको छ। अब नेपाल लोकेशन र नेपाली बैंक खातामार्फत फेसबुकबाट प्रत्यक्ष कमाई गर्न सकिने व्यवस्था लागू भएको छ।
यता सरकारले भने सामाजिक सञ्जाल सूचीकरणमा नआए फेसबुकसहित सबै प्लेटफर्मलाई बन्द गर्ने चेतावनी दिइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनभित्र दर्ता गर्न सामाजिक सञ्जाललाई आह्वान गरेको थियो। त्यसअनुसार मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै थप सात दिनको म्याद दिएको थियो, जसको अवधि बुधबार सकिँदैछ।
सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउने निर्णय सरकारले गरेको भए पनि यसबारे ठोस तयारी नभएको मन्त्रालयका सूचना अधिकारी रविन्द्र प्रसाद पौड्यालले मातृभुमिन्युजलाई बताएका छन्।
अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकरणमा आएका छन्। बाँकी सामाजिक सञ्जाल सम्पर्कमै नआएको मन्त्रालयले जनाएको छ। प्राधिकरण र मन्त्रालय दुवैले सरकारको लिखित निर्देशनबिना सामाजिक सञ्जाल निष्क्रिय बनाउने तयारी नभएको स्पष्ट पारेका छन्।
सम्बन्धित समाचार
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
बीपीसीद्वारा काठमाडौंमा एसीसीए क्रिकेट लिग २०२६ आयोजना
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
आज तीन प्रदेशमा भारी बर्षा हुन सक्ने
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


