टोकियो । जापानका प्रधानमन्त्रीको आधिकारिक सरकारी निवास धेरै वर्षसम्म खाली रह्यो। यद्दपी वर्तमान प्रधानमन्त्री किशिदा भने यो सरकारी निवासमा बाध्यताका साथ बस्दै आएका छन् ।
हो, यो एकदम सत्य हो कि जापानका प्रधानमन्त्रीको आधिकारिक सरकारी निवास सोरी केइटा धेरै वर्षसम्म खाली रहेको थियो । त्यहाँ कुनै पनि प्रधानमन्त्री जान चाहेनन । लामो समयसम्म खाली रहेको सरकारी आवास भवनमा किशिदा पनि एक वर्षअघि मात्रै त्यहाँ बस्न गएका हुन, त्यो पनि त्यो घरमा बस्न चाहदैनथे । उनलाई पनि त्यहाँ जान मन लागेको थिए तर सुरक्षाको कारणले गर्दा उनी सो घरमा बस्न बिबश भएका हुन।
उसो भए जापानका कुनै पनि प्रधानमन्त्री विगत केही दशकदेखि त्यहाँ बस्न किन चाहँदैनन् त ? यो जानकारी दिनेछौं ।
खासमा जापानको प्रधानमन्त्रीको सरकारी निवास टोकियोमा प्रधानमन्त्रीको कार्यालयको छेउमा नै छ। तर, सन् १९३० को दशकमा यहाँ दुईवटा ठूला घटना भएका थिए। प्रधानमन्त्री इनुकाई सुयोशीको सन् १९३२ मा यहीँ हत्या भएको थियो भने विद्रोही सैनिकहरूले पछि १९३६ मा आक्रमण गरेका थिए । जसमा तत्कालीन प्रधानमन्त्री केइसुके ओकाडाका जेठाजुसहित चार जनाको मृत्यु भएको थियो ।
यसपछि घरमा बस्न सुरक्षित छैन भन्ने विश्वास गर्न थालियो र यो भन्न थालियो कि यी मृत्यु भएका नेताहरूको आत्मा घुमिरहेको हुन्छ । यहाँ कहिलेकाहीँ सेनाको मार्चको आवाज पनि सुनिन थालेको हल्ला चल्यो । यी घटनाहरू पछि यो एक ‘प्रेत स्थान’ को रूपमा परिचित भयो र जापानी नेताहरूमा एक प्रकारको मनोवैज्ञानिक डर विकसित भयो।
यो निवास प्रधानमन्त्री कार्यालयसँग जोडिएको छ तर आधुनिक सुरक्षा मापदण्ड पूरा गरेको छैन। जापानका धेरै प्रधानमन्त्रीले कार्यालय नजिकै बस्नु सुरक्षा र गोपनीयताको हिसाबले राम्रो नभएको स्वीकार गरेका छन् । तर, धेरै जसो जापानी प्रधानमन्त्रीहरू सामान्यतया टोकियोमा राम्रो र सुरक्षित निजी घरहरूमा बस्छन्। यसअघिका प्रधानमन्त्रीहरू शिन्जो आबे, योशिहिदे सुगा र फुमियो किशिदाले पनि सरकारी निवासमा नबसी कार्याकाल सम्पन्न गरेका थिए ।
र त सन २०१२ देखि २०२१ सम्म यो सरकारी घर पूर्ण रूपमा खाली रहन गयो । शिन्जो आबे (२०१२–२०२०) ले यहाँ नबस्ने निर्णय गरे। योशिहिदे सुगा (२०२०–२१) पनि यसमा थिएनन्। फुमियो किशिदा (२०२१–२०२३ सम्म) पनि आफ्नो निजी घरमा बसेका कारणा यो आधिकारिक सरकारी निवास प्रायः खाली नै रहन गएको थियो ।
खासमा सन् २०२३ मा प्रधानमन्त्री किशिदामाथि एक संदिग्ध व्यक्तिले विस्फोटक पदार्थ फ्याँकेपछि सुरक्षा निकायले उनलाई सरकारी निवासमा सर्न सल्लाह दिए पछि मात्रै उनी त्यहाँ बस्न थालेका हुन् । तर यो निवासको ‘प्रेत स्थान’ भनेर अझै पनि जापानी मिडिया र संस्कृतिमा चर्चाको विषय बनिरहेको हुन्छ ।
तर, त्यो खाली रहँदासम्म पूर्णरुपमा मर्मतसम्भार गरिरहँदा वर्षेनी करोडौं रुपैयाँ खर्च हुने गरेको छ । प्रधानमन्त्री शिन्जो आबे आफ्नो पहिलो कार्यकालमा त्यहाँ बसे तर दोस्रो पटक सत्तामा आएपछि त्यहाँ जान मानेका थिएनन् । उनले भनेका थिए, ‘यो भवनमा रहस्यमयी शक्तिको बसोबास रहेको छ ।’





