लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित
मोरङ । पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।
जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ ।
यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् । जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।
विभिन्न पालिकाले यो रोग नियन्त्रणका लागी खोप कार्यक्रम सुरु गरे पनि प्रभावकारी रुपमा रोग नियन्त्रणमा नआउदा किसानहरु चिन्तित भएका छन् ।
यो रोगबाट कति पशु प्रभावित भए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । रोग फैलिएको दुई महिना भन्दा वडि समय हुदा पनि रोग नियन्त्रणमा नआउदा किसानमा त्रास फैलिएको पथरीका किसान विदुर आपागाई बताउछन् ।
पूर्वी मोरङको पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र लेटाङका र विराटनगर र बुढीगंगा गाँउ पालिकाका किसानले पालेका गाईहरूमा लम्पी स्किन रोगको प्रकोप देखिएको पशु प्राविधिकहरू बताउँछन् ।
३ वर्ष अघि यो रोग यिनै पालिकामा सवै भन्दा धेरै फैलिएको थियो । त्यस पछि विभिन्न पालिकाका पशुपन्छी शाखाले खोप कार्यक्रम सन्चालन गरेका थिए ।
कोशी प्रदेश पशुपन्छी निर्देशनालयका अनुसार कोशी प्रदेशको झापा र मोरङ्गका पालिकामा लम्पीको प्रकोप देखिएको र नियन्त्रणका लागी प्रयास भइरहेको छ ।
लम्पी रोग लागेपछि गाईले दूध दिन छोड्ने वा कम दिने गरेको पशु रोग चिकित्सकहरूको भनाइ छ । लम्पी स्किन रोग देखिएका गाईमा घाँटी, पुच्छ्र वरिपरिको भाग, पेट, थुनलगायत शरीरका विभिन्न भागमा साना,ठुला गिर्खा देखिने, गिर्खा घाउ बन्ने र घाउ फुटने, तरल पदार्थ बग्ने गरेका ती गाईमा १०५ डिग्रीभन्दा उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्ने तथा मुखबाट फिँज धेरै निकाल्ने, ८० प्रतिशतसम्म दूध उत्पादन घटने, बाँझोपन हुने, ४५ प्रतिशत गाईभैंसी बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने पशु पन्छी शाखा पथरीशनिश्चरेले जनाएको छ । । यो विशेष गरी गाईमा पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरसले लाग्ने रोग हो ।
यो रोग विगतमा अफ्रिकी महादेशमा मात्रै सीमित थियो । सन् २०१२ पछि यो रोग पूर्व, दक्षिण पूर्वी युरोप, रुस, काजकिस्तानलगायत हुँदै सन् २०१० मा बङ्गलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखा परेको र २०२१ वाट भने नेपालमा समेत देखा परेको थियो । मोरङ्ग जिल्लामा नेपालमै पहिलो पटक यो रोग देखापरेको पशुपन्छी रोग अन्वेषण केन्द्र विराटनगरले जनाएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

