नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले महिला उद्यमी महासंघका सदस्यहरूलाई विभिन्न सेवाहरुमा छुट दिने
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपाल बिच व्यावसायिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र महिला उद्यमी महासंघ नेपालबिच नेपालका महिलालाई उद्यम क्षेत्रमा आकर्षित गरी महिला व्यवसाय प्रवद्र्धन गर्न बैंक बिच सम्झौता भएको हो ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री ज्योति प्रकाश पाण्डेज्यू र महिला उध्मी महासंघ तर्फ अध्यक्ष शोभा ज्ञवालीज्यूबाट हस्ताक्षर भइ सो महिला व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाई विशेष बैंक तथा वित्तीय सहयोग प्रदान गर्ने सम्झौता गरिएको छ ।
सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको २७५ वटा शाखाहरु (https://www.nimb.com.np/personal-banking/branches) मार्फत महिलाद्धारा सञ्चालीत उद्यम र नयाँ उद्यमी बन्न चाहने विभिन्न महिलालाइ छुट सहितको कर्जा प्रवाहमा विशेष प्राथमिकता, वित्तीय साक्षरताका सेवा दिने जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।
यो सम्झौताबाट महिला उद्यमी महासंघ नेपालका सदस्यहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


