बालेनले भने : जेन-जी पुस्ताको आन्दोलनमा मेरो भरपुर समर्थन छ
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जी पुस्ताले भोलि देशभर गर्ने आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले उमेर हदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेन–जी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।
प्रतिबन्धित सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘भोलीको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा जेन–जी को हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ । जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन । तर, उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’
भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै युवा पुस्ताले भोलि काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गर्न लागेका हुन् । पछिल्ला दिन भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ताले सोसल मिडियामार्फत भोलि सेप्टेम्बर ८ मा प्रदर्शनको मिति तय गरेका छन् ।
अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुको महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैली एक्सपोज गरिएको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने हल्ला छ । अहिले टिकटकमा नेपो बेविज, ‘वी आर द लास्ट जेनरेशन द्याट यु क्यान फूल’ लगायतका ट्रेण्ड चलाएका छन् ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

