बालेनले भने : जेन-जी पुस्ताको आन्दोलनमा मेरो भरपुर समर्थन छ
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जी पुस्ताले भोलि देशभर गर्ने आन्दोलनमा आफ्नो भरपुर समर्थन रहेको बताएका छन् । उनले उमेर हदको कारण सो आन्दोलनमा आफू जान नमिले पनि आफूलाई जेन–जी पुस्ताको कुरा बुझ्न जरुरी रहेको र सो आन्दोलनमा भरपुर समर्थन रहेको बताएका हुन् ।
प्रतिबन्धित सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘भोलीको र्याली स्पष्ट स्वतस्फुर्तरुपमा जेन–जी को हो । उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ । जस्कोलागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ । भोलि यो स्वतस्फुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन । तर, उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’
भ्रष्टाचारले देश आक्रान्त बनेको भन्दै युवा पुस्ताले भोलि काठमाडौंको माईतीघरमा बृहत्त प्रदर्शन गर्न लागेका हुन् । पछिल्ला दिन भ्रष्टाचारको विरोध गर्दै युवा पुस्ताले सोसल मिडियामार्फत भोलि सेप्टेम्बर ८ मा प्रदर्शनको मिति तय गरेका छन् ।
अहिले सामाजिक सञ्जाल टिकटकमा नेताहरुको महँगो जीवनशैली, खानपान, पहिरन र उनीहरुको सन्तानको पनि जीवनशैली एक्सपोज गरिएको छ । प्रदर्शनमा हजारौंको संख्यामा युवा पुस्ताले सहभागिता जनाउने हल्ला छ । अहिले टिकटकमा नेपो बेविज, ‘वी आर द लास्ट जेनरेशन द्याट यु क्यान फूल’ लगायतका ट्रेण्ड चलाएका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
