Jankari Kendra
७ आश्विन २०८३, बुधबार
Worldlink

कामना सेवा विकास बैंकद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, भाद्र, २३
कामना सेवा विकास बैंकद्वारा १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको आज बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । यस प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले लाभांश पाउनेछन् ।

Top Changing Nepal

युट्युब सट्स