• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ चैत २०८२, सोमबार
२३ चैत २०८२, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन
  • १८ घण्टा 

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा
  • १८ घण्टा 

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु
  • १९ घण्टा 

सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस
  • २१ घण्टा 

प्रधानमन्त्री कप २०२६ को “पावर्ड बाई” प्रायोजन मार्फत नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्दै यामाहा
  • २२ घण्टा 

वीरगन्ज नाकाबाट विद्युतीय सवारी आयातमा उल्लेख्य वृद्धि
  • २३ घण्टा 

सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • २४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ट्रान्क्यूलिटी स्पाको नयाँ शाखा रोयल ट्युलिप काठमाडौंमा

  • २. डिजेल र पेट्रोल गाडीलाई विद्युतिय बनाउने सरकारको तयारी

  • ३. नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

  • ४. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

  • ५. सेयर बजारप्रति अर्थमन्त्रीको सन्देशः नआत्तिनु,संयमता अपनाउनुस

  • ६. सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुला , सर्वसाधारणका लागि कति ?

  • ७. सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक

  • ८. एलजीको नयाँ वर्ष अभियान “डिजाइन योर ड्रीम होम” सार्वजनिक: ४१ प्रतिशतसम्म छुट साथै पक्का उपहारहरु

  • ९. फोटोन ईभी टोटल केयर क्याम्पः देशका प्रमुख स्थानहरूमा गुणस्तरीय सर्भिसको उपलब्धता

  • १०. शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

छक्कापञ्जा युएसए टुर-२०२५ मा दिपक-दिपा र जीतु नेपाल पनि सहभागी हुने

जानकारी केन्द्र २०८२, भाद्र, २३

काठमाडौं । आत्रेय प्रोडक्सन हाउस र ग्लोबल इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘छक्का पन्जा- युएसए कमेडी टुर २०२५’ को आयोजना हुने भएको छ।

आइतबार काठमान्डौमा आयोजित एक प्रेस भेटघाट कार्यक्रमको बीचमा उक्त कार्यक्रमको औपचारिक घोषणा गरियो।

नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्। अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्।

सेप्टेम्बर १९ बाट बाल्टिमोरबाट सुरुवात हुने कार्यक्रम विभिन्न १५ स्थानमा हुनेछ। सेप्टेम्बर २० मा कोलाबस , २१ मा एक्रोन, २७ मा टेक्सास (डालस) मा कार्यक्रम आयोजना हुँदैछ।

हरेक बर्ष हुने डालस मोमो फेस्टिभलमा यो बर्ष करिव १५ हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ।  केहि कार्यक्रमका मितिहरु सार्वजनिक गरिएको छैन।

यो कमेडी टुरमा छक्का पन्जा टिमको तर्फबाट दिपकराज गिरि, दिपाश्री निरौला र जितू नेपाल सहभागी हुनेछन्।।  त्यस्तै कलाकार तथा होस्ट आसिफ शाह, गायिका मिना पोख्रेल र धर्मेन्द्र सेवान पनि यो टुरमा सहभागी हुदैछन्।

केहि समय अगाडी मात्र आत्रेय प्रोडक्सन हाउसले प्रकाश सपुतसहितको बिशेष सांगीतिक कार्यक्रम सम्पन्न गरेको थियो।

नेपाली चलचित्रको अमेरिका वितरण तथा म्युजिक भिडीयो निर्माणमा पनि सक्रिय रहेको कम्पनीले यो पटकको यात्रालाई झन् बिशेष बनाउने तयारी गरिरहेको छ।

करिव १५ बर्षपछि अमेरिका जना लागेका दिपक उत्साहित सुनिए।

दिपक भन्छन्, ‘अमेरिकाका हरेक शहरमा हाम्रा चलचित्र हेर्ने दर्शक हुनुहुन्छ।  हरेक बर्षको दशैँमा हाम्रा चलचित्र दर्शकले हेर्नुहुन्थ्यो।  यो पटक हाम्रो चलचित्र रिलिज छैन त्यहि भएर दर्शक भेट्न र उहाँहरुलाई धन्यवाद दिन र छक्का पन्जाको प्रत्यक्ष मज्जा दिनको लागी हामी यो यात्रामा सहभागी हुदैछौ। ‘

निर्देशक तथा कलाकार दिपाश्री निरौला भने उत्साहित सँगै केही नर्भस सुनिएकी थिइन्।

दिपा भन्छिन्,’ धेरै बर्ष भयो स्टेजमा प्रस्तुती नगरेको सोहि कारण केहि नर्भस छु तर दर्शकलाई भेट्न र उहाहरुसँगै यो बर्षको दशैँ मनाउन उत्साहित छु। ‘

अभिनेता जीतु नेपालको उत्साह प्रष्ट सुनिएको थियो।  ‘यो पटकको दशैँमा छक्का पन्जा कमेडी टुर हुँदैछ।  दर्शकसंगै प्रत्यक्ष भेट्न, दशैँ मनाउन र हाम्रो प्रस्तुतिमा रमाउन उत्साहित छु। ‘

नेपालबाट यो कार्यक्रमको समायोजन कोरेभेक्स सोलुसनको तर्फबाट हर्षित घिमिरेले गरिरहेका छन्।  अमेरिकामा भने सुदिप आत्रेय र सुमन अधिकारिले गरिरहेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ ‘सगरमाथा म्युजिक अवार्ड उत्कृष्ट ५ को मनोनयन’ (सूचीसहित)
मिसेस नेपाल वर्ल्ड रक्षा पन्तले पाइन् इलेक्ट्रिक स्कुटर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

ताजा

२०८२ चैत २४ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हुलाक सेवा आधुनिक बन्दै: कुरियर अब छिटो र बिदामा पनि सञ्चालन

आईटी कम्पनी र डलर आम्दानीकर्तालाई अब ५ हजार डलरसम्म प्रिपेड कार्ड सुविधा

नियमित गाँजर खाँदा स्वास्थ्यलाई हुन सक्छन् यस्ता १० फाइदाहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.