काठमाडौं । जेन–जी आन्दोलनका मृतकहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने बताएका हुन् ।
साथै, जेन–जी आन्दोलनका क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने पनि गृहमन्त्री अर्यालले बताए । मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने पनि उनले बताए ।
त्यस्तै, आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्तिसमेत दिइने मन्त्री अर्यालले बताए । मन्त्री अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् । पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरिसकेका छन् ।