कजारियाको नयाँ शोरूम दमक बेलडाङीमा, भव्य रूपमा उद्घाटन सम्पन्न
काठमाडौं । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको दमकमा अत्याधुनिक शोरूम उद्घाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको बताइएको छ।
न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाइएको छ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा दमक नगरपालिकाका मेयर रामकुमार थापा उपस्थित थिए। उनले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन गरे। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालसहित मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीले समेत सहभागिता जनाएका थिए, जसले कार्यक्रममा विशेष आकर्षण थपेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै, श्री राम कुमार थापाले भने, “यो शोरूम संचालाना गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ।”
साथै कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृस्टीकोणलाई उजागर गर्दै भने, “कजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकहरूलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्नेछ।”
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको बताइएको छ। कम्पनीका अनुसार, विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६०x ६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ। यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै, कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको बताइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


