कुमारी बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि नयाँ व्यक्तिगत तथा संस्थागत निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर यथावत राखेको छ।
बैंकका अनुसार असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.८१ प्रतिशत ब्याजदर लागू हुनेछ। भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.०१ प्रतिशत रहेको थियो। संस्थागत निक्षेपको ब्याजदर भने ४.०१ प्रतिशत यथावत राखिएको छ।
असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ असोज महिनामा ३ महिनादेखि ६ महिनासम्मका लागि ३.२१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ३.४१ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ३.९१ प्रतिशत, र २ वर्ष वा सोभन्दा माथिका लागि ४.८१ प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
त्यसैगरी, ‘कुमारी स्मार्ट एप’ मार्फत खोलिने मुद्दती निक्षेप अन्तर्गत ३ महिनादेखि ६ महिनासम्मका लागि ३.४१ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ३.६१ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्मका लागि ४.११ प्रतिशत, र २ वर्ष वा सोभन्दा माथिका लागि ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।
सम्बन्धित समाचार
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका नेपाली ग्राहकहरूको सम्मान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


