स्थगित भएको कक्षा १२ को मौका परीक्षा ७ र ८ गते तोकियो
काठमाडौं । स्थगित कक्षा १२ को मौका ( पूरक ) परीक्षाको नयाँ तालिका सार्वजनिक गरिएको छ। यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलन हिंसात्मक भएपछि स्थगित गरिएको थियो।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले सार्वजनिक गरेको नयाँ तालिका अनुसार मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने छ।
असोज ७ गते अनिवार्य अंग्रेजी (००४१) विषयको परीक्षा हुनेछ। त्यस्तै, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको सानो कोड भएको विषयको परीक्षा सोही दिन हुनेछ। अनिवार्य अंग्रेजी र नेपाली दुवै विषयमा परीक्षा दिने परीक्षार्थीले भने पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले दिने विषयहरुमध्येको ठूलो कोड भएको विषयको परीक्षा हुने छ। यो दिन अंग्रेजी विषयको परीक्षा भने हुने छैन , किनभने अंग्रेजीको परीक्षा पहिलो दिन ( असोज ७ गते ) नै तय गरिएको छ।
सम्बन्धित समाचार
एआई कन्टेन्ट पहिचान र डिजिटल सुरक्षाका लागि टिकटकका नयाँ पहल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
