• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, मङि्सर ०४, २०८२
बुधबार, मङि्सर ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

एलबीइएफ स्किल स्पार्क च्याम्पियनशिप २०२५ सम्पन्न, ‘राइज चेतना’ विजेता

काठमाडौँ महानगरपालिकाको राजस्व संकलनमा वृद्धि, तर आन्तरिक कर घट्यो

कर्णाली प्रदेशका दुर्गम तथा अति विकट क्षेत्रमा 2G/4G सेवा सञ्चालनमा

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

  • २. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ७. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ८. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

  • ९. मिति २०८२ साल कात्तिक ३० गते आईतवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • १०. १ अर्ब ६० करोडको विद्युत बक्यौता : जगदम्बा स्टिलले पहिलो किस्ता तिरेपछि लाइन जडान

आज घटस्थापना, हनुमानढोकाको दशैंघरमा राखियो जमरा

काठमाडौं । काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक दशैंघरमा आज बिहान विधिपूर्वक घटस्थापना सम्पन्न गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा तोकिएको शुभ साइत अनुसार बिहान ९ बजेर १३ मिनेटमा जौं राखी जमरा छरिएको हो।

घटस्थापना अवसरमा नेपाली सेनाको एक टोलीले परम्परागत मंगल धुन बजाएर वातावरणमा हर्ष उल्लास थपेको थियो। सेनाको टोलीले बढाइँसहित नवरात्र आरम्भको संकेतस्वरूप विधिवत कार्यक्रम सम्पन्न गरेको हनुमानढोका दरबार हेरचाह अड्डाका कर्मचारीहरूले जानकारी दिएका छन्।

आजको दिन, सूर्योदयकालमा प्रतिपदा तिथि परेकाले शास्त्रीय मान्यता अनुसार घटस्थापना गर्न अनुकूल मानिएको छ। शास्त्र अनुसार विधिपूर्वक घट (घडा) स्थापना गरी त्यसमा शक्तिस्वरूपा दुर्गाको आवाहन गरी पूजा गरिन्छ। त्यही घटस्थापनाबाट नवरात्रको सुरुवात मानिन्छ।

साँस्कृतिक परम्परा अनुसार, आज बिहानै नित्यकर्म समाप्त गरी चोखो स्थलबाट बालुवा वा माटो ल्याई पूजा कोठा अथवा दशैंघरमा गाईको गोबरले लिपपोत गरी जमरा छरिन्छ। यही अंकुरित जौंलाई दशमीका दिन देवी दुर्गाको प्रसादस्वरूप ग्रहण गरिन्छ।

दशैंघरमा घटस्थापनासँगै महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको नवरात्रभर पूजा आराधना गरिनेछ। यो अवधिमा हरेक दिन बलि दिने परम्परा समेत पालन गरिन्छ। हनुमानढोकामा विशेष महत्वका साथ चल्ने यो परम्परा सदियौंदेखि निरन्तर रहिआएको सांस्कृतिक सम्पदा हो।

यस वर्षको टीकाको दिन असोज १६ गते परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ।

नौ दिन नौ दुर्गाको पूजा
यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवम् धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् बताउँछन् । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूजा गर्छन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवम् स्तुतिको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
    हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

    लोकप्रिय

    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    ताजा

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने

    नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार

    प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • उपल्लो मुस्ताङ जाने पर्यटकलाई राहत, एकमुष्ट ५०० डलर बुझाउन नपर्ने
    • नबिल बैंकको अपोइन्टमेन्ट बैंकिङ सेवा १३ शाखामा विस्तार
    • प्रादेशिक अस्पताल पोखरियामा औषधि अभाव, बिरामी प्रभावित
    • हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.