‘बडा दशैंको उपहार’का नाममा ठगी धन्दा, नबिल बैंकले जारी गर्यो यस्तो सूचना
काठमाडौं। नबिल बैंकले आफ्ना ग्राहकहरूलाई नक्कली वेबसाइट र सामाजिक सञ्जालमार्फत फैलिरहेको भ्रमपूर्ण सूचना सम्बन्धमा सचेत गराएको छ। बैंकका अनुसार केही नक्कली प्लेटफर्महरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कारजस्ता झूटा आर्थिक लाभको आशामा ठगी वा फिसिङ गर्ने उद्देश्यका सूचना प्रचार गर्दै आएका छन्।
बैंकले ग्राहकहरूलाई यस्तो सूचना वा वेबसाइटमा विश्वास नगर्न अनुरोध गर्दै कुनै पनि जानकारीको लागि केवल आधिकारिक वेबसाइट www.nabilbank.com र nbank.nabilbank.com मा मात्र भरोसा गर्न आग्रह गरेको छ। अत्यावश्यक परेमा बैंकको ग्राहक सेवा केन्द्र ०१-५९७००१५ वा customercare@nabilbank.com मा सम्पर्क गर्न सकिने जानकारी पनि बैंकले दिएको छ।
पछिल्लो समय समाजिक सञ्जालमा नबिल बैंकको नाम प्रयोग गरी बडा दशैंको उपहार भन्दै लिङ्क शेयर भइरहेको देखिएको छ । जसमा क्लिक गर्दा ग्राहकका बैंक खाता लगायतका गोप्य सामाग्री असुरक्षीत हुन सक्छन् ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
नबिल बैंकद्वारा ‘नबिल एसएसई फेलोसिप’को सातौं समूह तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने


