तुइन खोलाको पहिरो हटाउन समय लाग्ने
जानकारी केन्द्र
२०८२, आश्विन, ९
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ । बुधबार साँझ परेको वर्षातका कारण पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
“आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तररूपमा परिचालन भइरहेको छ,” कार्यालयले भनेको छ, “तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकैपटक संचालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।”
सडक आवागमन पूर्णरूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग नगर्न कार्यालयले आग्रह गरेको छ । मंगलबारदेखि यो सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
